राजु बोहरा–काठमाडौँ । रामेछाप जिल्लामा जन्मिएर नेपाली लोक तथा दोहोरी गीत संगीतलाई हामी सम्पूर्ण युवाहरुले जगेर्ना गर्नु पर्छ भन्ने मान्यताका साथ बिगत निकै लामो समय यता बिभिन्न गीत संगीत पस्किदै आएका गायक तथा सर्जक हरि बहादुर काफ्ले मगरको प्रस्तुतिमा “फुल फुलेको के लाई हो” बोलको फेरी अर्को निकै रोमान्चक गीतको अडियो तथा भिडियोलाई चन्द्र सुर्य फिल्म्स प्रालिले आफ्नो युट्युब च्यानल मार्फत सार्बजनिक गरेको छ । गायक तथा सर्जन हरी बहादुर काफ्ले बिगतका दिनमा मात्र गायकको रुपमा परिचित थिए ।

तर अझै यस क्षेत्रमा परिपक्व बन्दै उनि सर्जक रुपबाट पनि आफ्नो कलाकारिता यात्रालाई दरिलो बनिसकेका छन् । हरिले यस अगी पनि निकै गीतहरुमा आफ्नो सिर्जना प्रस्तुत गरिसकेका छन् । यसरी आफ्नो कलाकारिता यात्रालाई अगाडी बढाईरहंदा पछिल्लो समयमा एक ब्यवासाहिक सर्जकको रुपमा पनि आफुलाई परिचित गराउन सहज भएको उनि बताउछन् ।

यस पटक हरी बहादुर काफ्ले मगरको प्रस्तुतिमा बजारमा आएको “फुल फुलेको के लाई हो” बोलको रहेको छ । यस गीतमा हरी लाई गायिका पार्वती कार्कीले स्वरमा साथ दिएकी छिन् । बालकुमार श्रेष्ठको लय र हरी बहादुर काफ्ले मगर कै शब्द ले तयार भएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा शंकर बि.सी र अश्मिता राना मगरको अभिनय रहेको छ । भिडियोलाई निर्देशन भगिरथ गाहा मगरले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया