काठमाण्डौ

बैशाख १ गतेबाट टिभी टुडे तेश्रो बसन्त पार गरी चौथो बर्षमा प्रबेश गरेको छ् । “बिकास निर्माणमा समर्पित “भन्ने मुल नाराका साथ स्थापना भएको टुडेले टिभी वान नामक दोश्रो च्यानल पनि प्रसारणमा ल्याएको छ् ।

स्थापना कालको चौथो बर्षमा प्रबेशको अवसरमा सम्बोधन गर्दै टिलिभिजनका प्रबन्ध निर्देशक जनक राज पन्तले टिभिलाई यो स्थान सम्म ल्याउने बिज्ञापनदाता,सबै कर्मचारी,केवल अपरेटर,डिजिटल अपरेटेर सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

यसै अवसरमा टेलिभिजनका समाचार प्रमुख सुधुम्न पौडेलले जनमुखी पत्रकारितामा टेलिभिजनले योगदान दिंदै आएको र जनताका पक्षमा टेलिभिजनले अझै शशक्त समाचारहरु सम्प्रेषण गर्ने बताएका छन् । यता टेलिभिजनका निर्देशक विराज पन्तले पनि टेलिभिजनले कर्मचारीप्रति देखाएको सद्भाव र कर्मचारीले टेलिभिजनमा गरेको मेहेनतले टेलिभिजन आजको अवस्थामा आइपुगेको बताएका छन् ।

तपाईको प्रतिक्रिया