राजु बोहरा–काठमाडौँ । आफ्नै कला संस्कृति र मौलिक परम्परा भित्र रहेर पासांग शेर्पाले “बिहे भैसक्यो भाछैन भन्दिन” बोलको एक रोमान्चक गीतलाई भर्खरै बजारमा लिएर आएका छन् । गीतको भाव अनुसार यस गीतको म्युजिक भिडियोमा अभिनय गर्ने मोडल आयुष्मा कार्कीको श्रीमान बिदेशमा दुख गर्न गएको र यता एक युवा संग माया बेसेको प्रसङ्ग जोडिएको छ । यसो हुँदा पनि उनले यता अर्का मोडल उद्धब घिमिरेलाई आफु बिबाहित भएको खुलस्त पार्न नचाहेकोले हाम्रो समाज कतै यहि किसिमले गुज्रिएको त छैन भन्ने सबैमा कौतुहलता जागेको छ ।

तर यी सबैलाई नकारात्मक रुपमा लिनु भन्दा पनि गीतको भावलाई गहिरिएर बुझ्नु आवस्यक छ । किन कि मोडल आयुष्माले दुख गर्न गएको श्रीमानलाई धोका दिएर आफु सौता माथि नजाने कुरा पनि प्रष्ट्याएकि छिन , भने यता उद्धबले पनि जति नै आफुलाई आयुष्माले मन पराउछु भनेता पनि आफ्नो घरकी श्रीमतीलाई रुवाएर तिम्रो बन्न सक्दिन भन्दै आफ्नो अडानलाई बलियो बनाएका छन् । समग्रमा यो गीत बिबाहित एक युवा र युवती बिचको प्रेम प्रसंग संग सम्बन्धित रहेको छ ।

उद्धब घिमिरे, पासांग शेर्पा र मनु दाहालको सुमधुर स्वरले सजिएको यस गीतलाई लय उद्धब घिमिरेले तयार पारेका हुन् भने शब्द उद्धब घिमिरे र पासांग शेर्पाको रहेको छ । गीतको रोमान्चक भाव जस्तै म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । भिडियोलाइ निर्देशन खमेश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया