मनोज कार्की ,बैशाख,५ गुल्मी

इस्मा गाउँ पालिका दर्लामचौर निबासी बाबा मान बहादुर अधिकारी र पे्रमकला अधिकारि को काखबाट जन्मिएका गणेश अधिकारी यतिबेला संगितको बजारमा गित संगितबाट तहल्का पिटिरहेका छन् । अधिकारी २०४८ सालमा जन्मिएका हुन् । मार मलाई बरु भन्ने पहिलो लोक गितको एल्बमबाट सांगितीक यात्रा चालेका अधिकारी पछिल्लो क्रममा संगितको क्षेत्रमा चर्चित भई उदाएका छन् । उनि पहिले देखिनै गित संगित गुनगुनाउने र रेडियोमा गित सुन्ने टेलिभिजनमा गितका भिडियो हेर्न सानै उमेरदेखि अत्यन्तै रुचाउंथे । अधिकारी दर्जनौ लोक गितमा शब्द ,लय अनि आबज भर्दै आएका छन् । गित संगितको क्षेत्रबाटै गुल्मी जिल्लाकै पहिचान बनाउन सफल भएका छन् । सञ्चारकर्मी तथा बैकको कर्मचारी भएतापनि उनि निरन्तर सगितलाई माया गर्दै आएका छन्। अधिकारीको पहिलो सांगेतिक कोसेली मार मलाई बरु भन्ने एल्बम २०७२ सालमा बजारमा लिएका थिए सहि गितमा स्वर गणेश अधिकारी र देबि घर्तीको रहेको थियो भने लय तथा शब्द पनि उनकै रहेके थियो । निरन्तर ए मायालु , हासी हासी मर्छु,पाईन तिमा्रे हुन ,गायक,दिन्छु मुटु काटेर, मेरो असल साथी, पिपल पाते ओठ, तिजका गित झिल्के नाच ,काकरीको झाल ,गाजलु लगाएका गितमा गरि झन्डै १०० बढिमा आबाज साथै लय तथा शब्द भर्दै आएका छन् । उनले गाएका लय तथा शब्द भरेका गितमा पुराना गाएका तथा चर्चित गायिका बिष्णु माझिले स्बर भर्दै आएकी छिन् । बजारमा आएका गित नलाउ झुटो पिरती आसुका कारखाना लगाएका गितमा पनि अधिकारी लय तथा शब्द भर्दै आएका छन् । पछिल्लो क्रममा बजारमा शासन गित आउने तयारीमा छ । शासन गितमा गायिका बिष्णु माझी र लोक दोहोरी गाएक तथा सञ्चारकर्मी अर्जुन कुबंर स्बर भरेका छन् भने लय तथा शब्द आफैले भरेका छन । मृत्युदर्ता, पिडाको राजधानी लगाएतका गित बजारमा आउदै छन् । दर्शक अनि सो्रताको मायालाई कदर गर्द ैमौलिक संस्कृतीलाई जगेर्ना गर्दै अगाडि बढ्ने अधिकारी बताएका छन् ।

तपाईको प्रतिक्रिया