रोशन पोखरेल , काठमान्डौँ, बैशाख ७ – नेपाली मौलिक लोक दोहोरी मा ग्रामिण परिवेशमा हुने विरहका वेदना देखी विभिन्न उत्सव चाडपर्वमा आपसमा भेटघाट भएको बेलामा रमाइलो पारामा केटाकेटीले आफना प्रेमका भावहरुलाई समेटेको प्रेमका भावनाहरु अभिब्यक्ति गीत बनाउने प्रचलन रहेको छ । राशिका डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा गायक रोशन गैरे र अनुजा पुडासैनीको सुमधुर आवाजमा सजिएको लोकदोहोरी ‘खल्ली बल्ली ’ युटुव मार्फत बजारमा आएको छ । गीतमा विवाहमा गएका केटाकेटीमा उठेका प्रेमका भावहरुलाई निकै रमाइलो पारामा भनिएको छ । रोशन गैरैको शब्द तथा लय सिर्जना रहेको गीतमा जतिसक्दो गीतमा मौलिकतालाई समेटने प्रयास गरिएको गायक गैरेले बताए । गीतको भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने सम्पादन रोशन गैरेले गरेका छन । भिडियोमा करिष्मा ढकाल र रोशन गैरेको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन्
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया