नेपाली चलचित्रका निर्माताहरु पछील्लो समयमा उत्कृष्ट चलचित्र निर्माणको लागि निकै सजग हुने गरेका देखिन्छ । त्यसको लागि हरेक किसिमबाट गित संगित ,कथा , निर्देशन ,टेक्निकल पाटो देखि लिएर सुन्दर लोकेशनको खोजीमा हुन्छन् । आँखालाई शितलता दिन सक्ने लोकेशन हन्टिड.का लागि मेकरहरु समयनै खर्च गरेर निस्कने गरेका छन् । यहि परिवेशलाई केही हद सम्म भए पनि सहयोग होस भन्ने हेतु ले लमजुड.को राईनास नगरपालीकामा अवस्थित राईनासकोट होमस्टेमा एक अन्र्तकृयाको आयोजना गरियो । बिशेष गरी पर्यटकीय स्थलको रुपमा बिस्तारै चिनिन थालेको राईनास होम स्टे तथा त्यसको वरिपरिको दृश्यलाई चलचित्रमा उतार्दा दर्शकलाई नयाँ स्वाद पनि हुने र राईनासकोटको प्रचार प्रसारलाई सहयोग पुग्ने हेतुले कार्यक्रम राखिएको थियो ।

उक्त अन्तकृया कार्यक्रममा काठमाण्डौबाट नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटी, चलचित्र निर्माता संघका प्रथम अपाध्यक्ष केशब भट्टराई,बरिष्ठ कलाकार रबिन्द्र खड्का,बरिष्ठ छायांकार संजय लामा, द्वन्द निर्देशक हिमाल केसी,निर्देशक सम्राट शाक्य, प्रडक्सन कन्ट्रोलर अरुण रेग्मी ,संचारकर्मी सुदर्शन आचार्य लगायतका चलचित्रकर्मीहरु उपस्थित भएका थिए । एक रत होम स्टेमा स्टे गरेर फर्कनु भन्दा पनि सिमीत तर उदेश्यमुलक उपलब्धिका लागी सम्बन्धित पक्षलाई फिल्डमा ल्याएर चलचित्र छायांकनका लागि के कति सम्भब छ ? र आबश्यक पुर्याउन सक्ने पुर्वाधारका बिषयमा छलफल गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरेको उक्त कार्यक्रमकी संयोजक

स्वस्तिका चिलुवालले बताईन् ।

त्यस्तै उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण चलचित्रकर्मीहरुले राईनासकोट र आसपासका केही बस्तीहरु चलचित्र छायांकनको लागि उपयुक्त भएको प्रतिकृया दिएका छन् । केही सम्भावाना जन्य पुर्वाधारहरु पुरा गर्न सकेमा चलचित्र छायांकनका लागी फुल प्याकेज राईनास नगरपालीका बन्न सक्ने निर्माता तथा कलाकार केशब भट्टराईले बताए । कलाकार रबिन्द्र खड्काले चलचित्र छायांकनका लागी राजधानिबाट नजिक राईनासकोट उत्तम रोजाई हुने प्रतिकृया दिए । त्यस्तै कलाकार संघका अध्यक्ष राम केशर बोगटीले राईनासकोटलाई चलचित्र छायांकन नगरी बनाउन सक्ने र त्यसको पहलका लागी सबै सरोकारवालाहरुसंग पहल गर्न अनुरोध गरे । चलचित्र कर्मी र स्थानिय सरोकार वालाको अन्र्तकृयामा सरोकारवाला तथा राजनितिक कर्मी तुलसी नारायण श्रेष्ठले चलचित्रकर्मीहरुले राईनास नगरपालीकामा आएर कुनै पनि चलचित्र सम्बन्धित काम गर्न चाहनुहुन्छ भने आफुहरु सहयोग गर्न तयार भएको बताए ।त्यस्तै राईनास नगरपालीकाका मेयर सिंह बहादुर थापाले आवश्यक पुर्वाधारका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता दिएका छन् । उक्त कार्यक्रममा बोल्दै होम स्टे संचालक समितीका खड्ग गुरुड.ले आफुहरु जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताएका थिए । काठमाण्डौबाट गएका चलचित्रकर्मीहरुले राईनासकोट हुदै प्याराजुड. देखी मोहरीया सम्मको भ्रमण गरेका थिए ।

तपाईको प्रतिक्रिया