हजुर आउनुहोस
किन्नुहोस
म शरीर बेचिरहेको छु ।
एक लर्कीको आवाजले
त्यो रातमा हेर्दै
म अवाक बने । कस्तो खै?
त्यो साझ मैले देखेको काठमान्डुमा ।
झम्के साझ र निस्पट्ट अधेरोभित्र
बिजुलीले देश छोडेकै बेला
थरी -थरीका मानिसको
ओहर दोहर
उ ती रत्न्पार्कको पुलमाथि
योवनको मोलमोलाई गर्न
हिस्सा-हिस्सामा उभिएर
अपरिचित र लाज माने जस्तै गरि
खुल्ला मोलमोलाई हुँदै थियो
त्यो साझ मैले देखेको काठमाण्डुमा ।
एक सर्को धुवा
खुल्ला आकासतिर फ्याकेर
आफ्नै लागि ग्राहकहरु खोज्ने
छोरीहरु ,चेलीहरु पुलकै भित्तामा अडेसलाएर
आफ्ना बनावटी रुपहरु देखाएकै भरमा
दुई चार सयमा एक रात बिक्दा रहेछन्
अच्म्मै थियो
त्यो साझ मैले देखेको काठमाण्डुमा ।
हो म नेपाली हु
हो म स्वाभिमानी हु
जहाँ आफनै देशमा
बेचिएका किशोरीहरु
म कसरी हेर्न सक्थे ।
भारतका मुम्बै र कलकत्ता बनेको
मेरै देशमा
मेरै नेपालमा
जहाँ छोरीहरु रातारात
बेचिदा रहेछन्
नयन हुँदै सल्बलाए ।
किन्ने र बेच्नेले भरिएको
त्यो शहरको
योवनको कलकारखानामा
म हेरिरहेको थिए
बिक्री हुनै लागेका समान
त्यो साझ मैले देखेको काठमाण्डुमा ।
बहिनी मूल्य कति?
एक पुरुष रुपी स्वर
त्यही पुलमाथि
कान -कानमा आई पुग्यो।
जहाँ
यो देशले
पसल थापेको थियो
यौन व्यापार गर्नलाई
त्यो साझ मैले देखेको काठमाण्डुमा ।
कत्ती सजिलो
त्यहाँ उज्यालो छैन
किन्न र बेच्नको लागि
मूल्य मात्र हेरिन्छ
बस्तुको रुप र गुणको
ख्यालै गरिदैन
आवाजकै भरमा
हर दिन बिक्री हुन्छन्
त्यो साझ मैले देखेको काठमाण्डुमा ।
हर दिन सहर सुत्नेबेला
सुखो रुखो मसिनु खानेबेला
मीठा सपना देख्ने बेला
कुनै कोठीमा कालो रातहरु
बिताई रहेका हुन्छन्
मेरै दिदी बहिनीको
पुलमाथि डियूटी सुरु हुन्छ ।
चामलका सिताहरु
मुखमा राख्नको लागि
आफ्नै शरीर बेच्नु पर्छ ।
त्यो साझ मैले देखेको काठमाण्डुमा ।
हो हो
गरिब छन् हाम्रा महिलाहरु
यो शहरमा बाच्नको लागि
जेसुकै गर्लान तर
उहीँ देश्मा महिला किन्ने धनीहरु
कहाँबाट आए ?
मेरै देशभित्र
मेरै सहरमा यही सोध्न मन छ
मेरा देशका नेताहरुलाई
देह व्यापारको कलकारखाना खोलिदिनेहरुलाई
सलाम छ
जहाँ तिमीहरुकै कारण
हरेक दिन पूलहरु योवनको पूल बन्नेका छन्
पार्क हरु योवन पार्क बनेका छन्
खुल्म खुला योवनको
बिक्री रोजै रातमा हुन्छ
एक छाक भोको पेट भर्न
सहरमा बाच्न
त्यो साझ मैले देखेको काठमाण्डुमा ।।

तपाईको प्रतिक्रिया