विजय थापा ,चलचित्र निर्माण गरे पछि नेपाली चलचित्र प्रेमीहरुको मन र मस्तिस्कमा रहनु पर्छ भन्ने मान्यता राख्ने यूवा निर्देशक राउतले सुभास थापाको चलचित्र “प्रसाद”मा निर्देशन गर्ने भएका छन् ।

उनले नयाँ वर्ष २०७५ काे शुभ साइत बैशाख १ गते उनि द्वारा निर्देशित बिशेष प्रस्तुति पस्केको सफल चलचित्र ‘पर्व’ युट्युबमा राखिएको छ । निश्चल बस्नेत र मीना निरौलाको स्वर रहेको ‘काले दाइ’ बोलको गीत चर्चा उपचर्चामा शिखरमा पुगेको थियो ।

राउतले कुरा गर्दै प्रसाद चलचित्र को छायाँकन एक महिना पछि देखि गर्ने जानकारी दिएका छन् । प्रसाद लाई दर्शकको मन जित्ने प्रकारको निर्माण गर्ने र आफुले कुनै कसर नछोड्ने बताए । अहिले सम्म आगामी दिनमा आउने” प्रसाद” सहित ५ वटा चलचित्रमा आफूले हात हालेको बताए ।

आफू प्रति दर्शकले ठुलो अपेक्षा र विश्वास गर्ने भएकोले राम्रो प्रस्तुति ल्याउने ध्येयमा रहेको उनले बताए । उनले अगाडी भने यसरी नै नयाँ चलचित्रलाई पनि माया गरि दिनु हुनेछ भन्ने आशा समेत रहेको भन्दै पर्व चलचित्र हेर्न छुट्नु भएका सबैलाई युट्युब मार्फत हेर्न आग्रह गरेका छन् ।

युवा तथा सफल चलचित्र निर्देशक दिनेश राउत द्वारा निर्देशित चलचित्रहरु ‘आइ एम सरी, नोभेम्बर रेन, क्लासिक’ तथा पर्व ” देश बिदेशमा समेत चर्चा परिचर्चामा रहेका छन् । र ,प्रसाद सहित उनको पाचौ चलचित्र हुने छ ।

राउतका चलचित्र अहिलेका पिढीलाई ज्यादा केन्द्रित गर्दै अंग्रेजी नाममा साईत जुरेता पनि पर्व र प्रसाद भने नेपाली नाम मै साइत जुरेको छ l

उनको पर्व’ टीभी फिल्मीको प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो l कलाकारहरुमा पहिलो पटक चलचित्रमा अभिनय पाएका श्रीयन्स तिमिल्सिनाको बाल कलाकारको भूमिका रहेको छ l

पर्व चलचित्रलाई युट्युबमा राखे पछि अहिले सम्म १२ लाख ४४ हजार ले अवलोकन गरेका छन् । जस्मा अंग्रेजी को उपशीर्षकमा बाट पनि हेर्न सकिने छ ।

तपाईको प्रतिक्रिया