काठमाडौ १० बैशाख । अहिले बजारमा नाचने र सुनने गीतको बजार आइरहेको बेला सानु खतिवडाले अलिक भिन्न खालको गीत बजामारमा लिएर आएकी छन् । भर्खरै गायिका तथा नायिका सानु खतिवडाको आवाजमा रहेको गीत ‘खुकुरीलाई के थाहा अचानोको पिडा… ’ म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । अम्बर राज रुसालको शब्द तथा तारा बीर पाण्डेको संगीत रहेको छ ।

भिडियोमा सुमन लामा र सानु खतिवडाको अभिनय हेर्न पाईन्छ । भिडियोको निर्देशन राजु लामाले गरेका हुन् । गीतको अन्त्यमा निर्देशक लामाको पनि उपस्थिती देख्न पाईन्छ । अभिनय र गायन दुवैलाई एकै साथ लैजाने सानुले लक्ष्य लिएकी छन् । आधा दशकदेखि नेपाली गीत, संगीत क्षेत्रमा लागेकी सुरिलो स्वरकी धनी गायिका सानु खतिवडाले केही समय पहिले ‘पित्तलमा सुनको जलप छ ….’ बोलको गीत सार्वजनिक गरेकी थिईन ।

तपाईको प्रतिक्रिया