काठमाडौँ । शहर भित्रका युवा किशोर किशोरीहरुका लागि केटा र केटी जोडी बाँधेर डेटिङमा जानु अब करिव सामान्य नै बन्न लागिसक्यो । शहर भित्रका ठाउँहरु र शहर भन्दा बाहिर पनि ‘डेटिङ स्पट’ अर्थात भेटघाट गर्ने सजिलो थलो हुन थालेको छ । कतिपय त स्कूल र कलेजको यनिफर्ममा हुन्छन । सपरिवार घुम्न जाने भन्दा डेटिङमा जानेकै अलि बढी नै देखिन्छ कुनै सार्वजनिक विदाका दिन त । मानौ अब ‘डेटिङ फेशन’ बन्यो शहर । चिडियाखानामा डेटिङका लागि जानेहरुलाई छ ६ बजे पछि सुरक्षा हेर्ने कर्मचारीहरूले जब्र्बजस्ती बाहिर धपाउँदछन । “शनिवार त लभ गर्न आउँनेहरुको चर्तिकाला नै देखिन्छ” त्यहाँका कर्मचारीलाई यसबारे जसले सोधे पनि यस्तै भन्छन् ।

खर्च र अक्किल अनुसार भेटघाटको योजना बनाउनु, मनका कुराहरु साटासाट गर्नु र रमाइलो गर्नु डेटिङको उद्देश्य हो । त्यसैले पूर्व योजना सहित गरिने भेटघाट्लाई नै डेटिङ भनिएको हो । यो पुरानै चलन पनि हो किनकि गाउँ घरमा घाँस–दाउरा, मेला–पात, जात्रा–मात्रामा केटाकेटी भेट्ने चलन पहिले देखि नै छ ।

‘डेटिङ’को इतिहास युरोप लगायत आजका विकसित देशहरूमा भएको पुँजीको विकाससँग जोडिएर आएको हो । लोइड स्याक्स्टनद्वारा लिखित ‘द इन्डिभिजुअल, म्यारिज एण्ड फ्यामेली’ पुस्तकमा आधुनिक इतिहास उल्लेख छ । बजार विस्तारका लागि बस्तुको उत्पादनमा भएको प्रतिस्पर्धाले साम्राज्यबादको उदय भयो । परिणाम स्वरुप त्यसले पहिलो विश्व युद्ध निम्त्यायो । अधिकांश युवाहरू सेनामा भर्ती भएपछि उद्योग तथा व्यापार क्षेत्रको काममा पूूँजिपतिहरूले किशोरीहरूलाई पनि लगाउन थाले । ती किशोरीहरू पनि अधिकांश सर्वहारा÷मजदु। वर्गका परिवारका नै हुन्थे ।

मजदुर आन्दोलनमा संगठित हुने र फुर्सदको समयमा डेटिङको पनि चाँजोपाँजो मिलाउथे । मनोरञ्जनको राम्रो उपाय त्यही भएकोले विशेषतः अविवाहितहरू बीच यो निकै लोकप्रिय बन्दैगयो । अझ टेलिफोनको विस्तारले त डेटिङ विद्यालय तथा कलेजहरूमा पनि जम्न थाल्योे । त्यति बेलाका पूँजिपतिहरू आफ्ना छोरीहरूलाई डेटिङमा जान प्रतिबन्ध लगाउँदथे । अझ महिलाहरुलाई कुर्कुच्चासम्म देखाउन प्रतिबन्ध थियो । त्यसकारणले पनि डेटिङ सर्वहारा मजदुरहरूमा लोकप्रिय बन्दैगयो ।

युरोपको क्रान्तिकारी मजदुर नेताहरूले जीवन साथीको चयन डेटिङबाट नै सुरु गरेको पाइन्छ । त्यो परिवेश नेपालका पनि केहि नेताहरूसँग मेल खान्छ । विडम्बना, आफुबाहेक अरुको सवालमा भने नेपालमा मात्रै नभएर दक्षिण एसियाका अधिकांश प्रगतिशील र माक्र्सबादी क्रान्तिकारीहरूको दृष्टिकोणमा भने डेटिङ ‘पूँजिबादको नक्कल’ हुन पुग्यो ।

संसारले धेरै ठूलो काँचुली फेरीसक्यो तर पनि यहाँका कम्युनिष्ट आन्दोलनकारीहरू तीनका संगठनहरूमा भने डेटिङप्रतिको धारणामा परिवर्तन आउन सकेको छैन । डेटिङ असल भावाना र विचारको आदान प्रदान हो । उनीहरूले उठाउदै गरेको डेटिङ विकृतिलाई भने गम्भिर ढङ्गले लिनुपर्छ । डेटिङलाई विकृतिरहित बनाउन युवाहरूलाई सचेत गराउनुपर्छ तर जबरजस्त होइन । यसको लागि यौन शिक्षामा समेट्न आवश्यक छ ।

डेटिङ कुनै राजनैतिक विचारमा आधारित हँुदैन । यो समाजका सबै पक्षका बारेमा मनोगत तथा बस्तुगत अवस्थाको अध्ययन गर्ने राम्रो तरिका हुनसक्छ । डेटिङमा जानेहरूको धारणा र व्यवहार चाहिं सबै भन्दा महत्वपूर्ण कुरा हो, त्यो विश्वासनीय हुनुपर्छ । डेटिङ गर्नेहरू सबैले राम्रा क्रियाकलाप मात्र गर्छन् भन्ने छैन । खासगरी केटाहरूले नै डेटिङको बढीे दुरुपयोग गरेको पाइन्छ । उनीहरूबाट यौन हैरानी, तथा अनेको किसिमका यौन दुव्यवहारहरु गरेका छन र अविगतमा कहिलेकाहीँ बलात्कार गरी र हत्या समेत गरेका घटनाहरू बाहिर आएका थिए ।

बषौं देखिको लगातार बहस र पैरवी पछि विद्यालय स्तरमा यौनशिक्षा त लागु गरिएको छ तर विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउन प्रभावकारी शिक्षणको व्यवस्था गर्न सकेमा यौनशोषणमा निकै कमी आउन सक्ने छ । समाजमा यौन प्रति नकारात्मक धारणा हुनाले यस्ता घटना हुनेगरेको छ । हाम्रो समाज पुरूष प्रधान भएर होला डेटिङको बेला यौन सम्पर्कको लागि दवाव दिने केटाहरू नै हुन्छन् तर कहिलेकाहिं केटीहरूले पनि दिन सक्छन् । यौनोत्तेजक पत्रपत्रिका र फिल्मको प्रभावले पनि डेटिङमा यौनसम्पर्कको लागि दौतरी दवाव बढेको हुनसक्छ ।

त्यस्तो बेला स्थान र ठाउँको सामाजिक वातावरण अनुसार अरू मानिसहरूबाट पनि असुरक्षित भइने सम्भावना हुन्छ । त्यसैले पनि किशोर किशोरीहरूका लागि यौन शिक्षासँग सम्बन्धी जीवनोपयोगी सीप आवश्यक छ । जीवनोपयोगी सीपले डेटिङ जाने वा नजाने, कस्तो ठाउँमा जाने, कस्तो स्वभावको मानिससँग जान सकिन्छ र आइपर्ने समस्यालाई कसरी राम्रो तरिकाले समाधन गर्न सकिन्छ भन्ने कुरा देखि पीडित भएमा न्यायको लागि कदम उठाउने सम्मको क्षमतामा सक्षम बनाउँछ । त्यसैगरी यसले आफ्नो केटा वा केटी साथी र उसँगको सम्बन्धका बारेमा पनि अभिभावकसँग कुराकानी गर्न सक्षम बनाउँछ ।

डेटिङका बारेमा विभिन्न पक्षहरूबाट आएका कुराहरूलाई हेर्दा यसलाई जीवन उपयोगी कुराहरूको साटासाट गर्ने, एकले अर्काको मनका केरा बुझ्ने, प्रगतिका राम्रा योजनाहरू बनाउने, तिनीहरूको कार्यानवयन गर्ने प्रतिबद्धता व्यक्त गर्ने, भएगरेका कामहरूको समीक्षा गर्ने र बाँकि कामलाई राम्रो बनाउने योजना बनाउने थलो बनाउन सकिन्छ । साचो प्रेमले नै चाहेको उपलब्धी प्राप्त गर्ने बल प्रदान गर्दछ ।

प्रायः सबै कुरामा किशोरकिशोरीहरूले मात्रै विचार पु¥याउन नसक्ने हुनाले समाजका अगुवाहरुले पनि यौन शोषणबाट बच्ने आत्मारक्षाका जीवनोपयोगी सीपहरू सिकाउनु पर्छ । डेटिङमा नै प्रतिबन्ध लगाउदैमा यौन सम्बन्धमा नियन्त्रण हुन सक्दैन । अति नियन्त्रणको परिणाम डरलाग्दो हुनपनि सक्छ । नमूना योग्य व्यक्ति कसरी बन्ने भन्ने बौद्धिक विकासका अन्य विषयसँगै डेटिङका बारेमा किशोर किशोरीहरूसँग छलफल चलाउन आवश्यक छ ।

डेटिङमा हुने यौन दुव्र्यहारबाट सुरक्षित हुने उपायहरु

जीवनोपयोगी सीप सम्बन्धी किताब, पत्रपत्रिका तथा अन्य श्रव्य–दृष्य सामग्रीको निरन्तर अध्ययन गर्ने ।
एकान्त वा अरू व्यक्तिहरूको आवतजावत नहुने ठाउँमा गरिने डेटिङ कहिलेकाहीं प्रत्योत्पादक हुनसक्छ । त्यसैले मानिसहरूको आवतजावत भइरहने ठाउँमा डेटिङ गर्नु राम्रो हुन्छ ।
आपत पर्दा सहयोगको अभाव हुन सक्दछ । त्यसैले डेटिङ जानु अगाडीबाटै आफ्नो साथीको स्वभाव र व्यवहार राम्रोसँग बुभ्mन पर्छ ।
डेटिङमा भइरहँदा पनि साथीको सबै क्रियाकलापहरुको होसियारीपूर्वक मूल्याङ्कन गरिरहनुपर्छ ।
मौका पारेर साथीले यौनसम्पर्कको प्रस्ताव राख्न पनि सक्छ । यस्तो भएमा नडराईकन आफ्नो विचार स्पष्ट बुझिने भाषामा राख्नु पर्छ । साथीसँगको सम्बन्ध नविग्रिने गरी नाइँ भन्न सक्नुपर्छ । डेटिङमा यौनसम्पर्क गर्नु राम्रो कुरा होइन ।
यदि पहिलो पटकको डेटिङमा शंका लाग्यो भने अर्को पटकदेखिको डेटिङलाई नै रद्द गरिदिनु पर्छ ।

तपाईको प्रतिक्रिया