हामी, कहिलेकाँही आफ्नै पुराना तस्बिरहरु हेर्छौँ । बाल्यकालका तस्बिरहरु हेर्दा झन् कति रमाईलो लाग्छ । उमेर जति ढल्किदैँ गयो, हरेक हिसाबले हामी आफैँलाई उती फेरिएको पाउँछौ । पुराना दिनहरुलाई, सम्झाएर फेरी मुहारमा खुसी थपिदिन्छ यस्ता तस्बिरहरुले ।

हामी आफ्नै पुराना तस्बिर हेर्न पाउँदा त यति दंग हुन्छौँ भने हामीलाई मन पर्ने कलाकारका बाल्यकालीन तस्बिरहर हेर्न पायौँ भने कति गदगद हौँला ? हामी तपाईँलाई नेपाली चलचित्र क्षेत्रका केही कलाकार बाल्यकालमा कस्ता थिए ? उनीहरुको तस्बिर देखाउँछौँ ।

राजेस हमालः

राजेश हमाल नेपाली चलचित्र क्षेत्रका महानायक हुन् । सयौँ चलचित्रमा अभिनय गरी, दर्शकको मन जितेका हमालको जन्म सन् १९६४ मा पाल्पामा भएको हो । भानुभक्त मेमोरियल स्कूलमा कक्षा ८ सम्म अध्ययन गरेका हमालले चन्डीगढ विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा डिग्री गरेका छन् ।

जल शाहः

कुनै बेलाकी चर्चित अभिनेत्री हुन् जल शाह । अहिले अभिनय क्षेत्रबाट पलायन भएकी जलको कौशल अभिनय भने धेरैले बिर्सेका छैनन् । सन् १९८२ मा जन्मेकी उनले धार्मिक चलचित्र श्री स्वस्थानीबाट अभिनय यात्रा सुरु गरेकी हुन् । ब्यापारिक चलचित्र जगतमा भने अवतार उनको पहिलो चलचित्र हो । उनी त्यसबेला मात्र १४ बर्षकी थिईन् । अहिले परिवारका साथ अमेरिका बस्दै आएकी जल शाहले ५० भन्दा बढी चलचित्रमा अभिनय गरेकी छन् ।

मनिषा कोईरालाः

कलिउडसँगै बलिउडमा पनि चर्चित नाम हो मनिषा कोइराला । सुन्दर शारीरिक बनावट र कुशल अभिनय क्षमताका कारण उनका लाखौँ फ्यान छन् । नेपाली चलचित्र फेरी भेटौँलाबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी मनिषाको पारिवारिक पृष्ठभूमि राजनीतिक छ । उनको पहिलो बलिउड चलचित्र चाँही सौदागर हो ।

दिपकराज गिरीलाईः

नेपाली हाँस्यब्यङ्गयको क्षेत्रमा दिपकराज गिरीको नाम चिनाईरहनु पर्दैन । १२ बर्ष भन्दा लामो समयसम्म तीतोसत्य हाँस्य टेलिचलचित्र बनाएका दिपकले छ एकान ६ जस्तो सफल चलचित्र नेपाली चलचित्र उद्योगलाई दिईसकेका छन् । उनी अभिनयसँगै निर्देशन र निर्माणमा पनि पोख्त छन् । उनले बनाएको हाँस्य टेलीश्रृङ्खला तीतोसत्य १२ बर्षसम्म चलेको थियो ।

निता ढुङ्गानाः


नेपाली चलचित्र क्षेत्रकी चलेकी नायिका हुन् निता ढुङ्गाना । किशोरावस्थादेखि नै अभिनयमा लागेकी निता, नेपाली चलचित्र उद्योगमा सुन्दरी नायिकाको रुपमा चिनिन्छन् । उनले अभिनय गरेको चलचित्र नोटबुकको ‘गाला रातै…’ बोलको गीत निक्कै चर्चित बनेको थियो । ठूला पर्दासँगै, म्युजिक भिडियोमा समेत कुशल अभिनय गरिरहेकी नीताको कामका प्रशंसकहरु धेरै छन् ।

निरु खड्काः

नेपाली अभिनय क्षेत्रमा अर्को चिनिएको नाम हो निरु खड्का । संखुवासभा पुख्र्यौली थलो भए पनि उनको जन्म झापामा भएको हो । उनले पत्रकारितामा स्नातक गरेकी छिन् । चेतनामूलक नेपाली टेलिचलचित्र थोरैभए पुगीसरीबाट चिनिएकी निरुले सानोपर्दासँगै ठूलो पर्दामा पनि काम गरेकी छिन् । चर्चित हाँस्यटेलीचलचित्र मेरीबास्सैमा उनले निर्वाह गरेकी निर्मलीको चरित्र नेपाली दर्शकले खुब मन पराएका थिए । उनी चलचित्र, टेलीचलचित्रसँगै, म्युजिक भिडियोमा पनि राम्रो अभिनय गर्छिन्

तपाईको प्रतिक्रिया