काठमाडौ

नेपाली चलचित्र क्षत्रमा एक दशक सम्म पनि शक्रीय भएर काम गरिरहेकि नायिका पुजा शर्माको आज जन्मदिन हो । नायिका पुजा शर्मा आजबाट २६ वर्षमा लागेकी छिन् ।

उनि एउटी पत्रकारको रुपमा चलचित्र क्षत्रमा प्रवेश भएकि थिइन । उनी हिमालय टेलिभिजनमा मनोरञ्जन रिपोर्टिङ गर्ने गर्थिन । पत्रकारिता गर्दा गर्दै उनले थ्री लभर्स मा अभिनय गर्ने मौका पाइन । थ्री लभर्स पछि उनले मधुमास, मेरो पि्रय साथी, अझै पनि, चंखे शंखे पंखे प्रेम गीत र म यस्तो गीत गाउँछु मा अभिनय गरिसकेकि छिन् ।

‘प्रेम गीत’बाट निकै नै चर्चामा आएकी उनको प्रेम गीत हिट भए पछि प्रेम गीतको नायक र निर्माता संग सम्बन्ध सखाप भयो । तर प्रदीप र पुजाको जोडिलाइ पर्दामा निकै नै रुचाइएको थियो । टिम बाडफाड भए पछि पुजाले म यस्तो गीत गाउँछुमा उनको पल शाहसँग पनि केमेस्ट्री जमेको थियो । उता प्रदीप र सन्तोस मिलेर प्रेम गीत २ बनाए र प्रदीपले अश्लेसा संग रोमान्स गरिन । रामकहानीमा पुजाले आकाश श्रेष्ठसँग रोमान्स गरेकी छिन् ।

उनको चुलबुले बानी र हक्की स्वभावको कारण पनि बेला बेला उनी विवादमा आउने गर्छिन । त्यसो त उनलाई सिनेक्षेत्रमा घमण्डी नायिका भनेर पनि भन्ने गर्छन् । त्यतीमात्र होईन उनलाई आफनो कोस्टारसंग सम्बन्ध राम्रो नराख्ने आरोप पनि लाग्दै आएको छ भने पछिल्लो समय नायक फेर्ने नायिकाको उपनाम पनि दिईएको छ । जे होस नेपालकी हिम्मतवाली नायिला तथा निर्मात्री पुजा शर्मालाइ जन्मदिनको शुभकामना ।

तपाईको प्रतिक्रिया