पोखराका पुराना लोकप्रिय लोकदोहोेरी गायक वसन्त थकाली वसन्त रुविना फाउण्डेशनको आयोजनामा शनिबार पहिलो पटक एकल साँझमा झुल्किएका छन्।

रत्न रेकर्डिङ संस्थानबाट प्रथम पटक रेकर्ड गरिएको गीत ‘घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ भन्ने गीतबाट साङ्गीतिक यात्रामा आफूलाई अगाडि बढाएका थकालीले एकल साँझमा उक्त गीतसँगै ‘जोमसोममाथिको ठिनी गाउँ’, ‘गाउँघरको झिल्के मत’, ‘बाँचुन्जेल जे छ हजुर’, ‘झल्को उही दिनको’, ‘मेरो देश नेपाल’ लगायत १३ वटा गीत गाए।

एकल साँझमा उभिइरहँदा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा ५०० जनाको हाराहारीमा दर्शक एवं स्रोताले उनलाई साथ दिएका थिए।

कार्यक्रमबाट संकलित रकमले फाउण्डेशनमार्फत सङ्गीत एकेडेमी सञ्चालन गरी यस क्षेत्रमा रुचि भएर पनि आर्थिक अभावका कारण अवसरबाट वञ्चित असहाय बालबालिकालाई सहयोग गरिने लक्ष्य लिइएको छ।

पोखराको चर्चित साहारा क्लबका संस्थापक अध्यक्ष रहेका थकाली खेल विधाका साथै विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील छन्।

तपाईको प्रतिक्रिया