राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा नेपाली गीत संगीतको क्षेत्रमा धेरै नयाँ कलाकारहरुको उदयमान भएको छ । यस भित्र कतिले आफ्नो रहर पोख्न मात्र यस क्षेत्रमा हाम्फालेका छन् भने कतिले आफ्नो पेशा नै यहि क्षेत्रलाई बनाउछु भनेर प्रवेश गरेका छन् । यसरी नेपाली गीत संगीतको क्षेत्रमा नयाँ नयाँ कलाकारहरुको आगमन दिन प्रतिदिन बढिरहदा कति त प्रतिभा भएर पनि आर्थिक अभावको कारण पलाएन हुने गरेका छन् ।

हो यसै भिडमा आफ्नो सांगीतिक यात्रालाई जुन सुकै परिस्थितिमा पनि यथास्थानमा राख्छु भन्ने दृढताका साथ् आएका सुदिप कार्कीले एक निकै मन छुने लोक दोहोरी गीत हालसालै बजारमा आएको छन् । नेपालकी महंगी गायिका बिष्णु माझी र सुदिप कार्कीको सुमधुर स्वर लहरिले सजिएको उक्त गीत “माफ गर है सानु” बोलको रहेको छ । स्थाई घर धादिंग जिल्ला भएर अहिले नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहँदै काठमाडौँमा बसोबास गरिरहेका सर्जक प्रदिप अधिकारीको यस गीतमा निकै घत लाग्दो लय तथा शब्द सिर्जना रहेको छ ।

बिमल अधिकारी र सारिका के.सी द्वारा अभिनित यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ “माफ गर है सानु” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ सम्पादन अमर शाक्यले गरेका छन् हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया