रोशन पोखरेल , काठमान्डाँै , बैशाख २०
विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायक कमल कमल सौरागको स्वरले सजिएको आधुनिक गीतको म्युजिक भिडियो “तिमी एक प्रेम कथा”को भिडियो सार्वजनिक भएको छ । विन्ध्यावासिनी म्युजिक प्रालीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा प्रेमका भावहरुलाई मर्मस्पर्शी रुपमा समेटिएको छ ।
आफनी प्रेमीकालाई संसारको सबै भन्दा सर्वश्रेष्ठ व्याक्तिको रुपमा चित्रण गरिएको छ । आधुनिक गायनको क्षेत्रमा निकै सफल मानिएका गायक सौरागको आवाजलाई अधिक मात्रामा श्रोताले रुचाएका छन ।
राजकुमार बगरको शब्द सिर्जना तथा संगीत संयोजनमा रहेको गीतलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोलाई अजय रेग्मीले छायाँङ्कन गरेको छन । दिपक विष्टले सम्पादन तथा काजिश श्रेष्ठले निर्देशन गरेका छन । भिडियोमा अनु शाह र कमल सौरागको अभिनय निकै प्रसंसा लायक रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया