रोशन पोखरेल , काठमान्डौँ बैशाख , २२
सलिना म्युजिक प्रालीका प्रस्तुतिमा सिर्जना थापा मगरको डान्सिङ गीत “ मुसुक्क हासँ मायालु ”गीत बजारमा आएको छ । गायक आशिष परियार र ज्योती गोरखाली र गायिका सिर्जना थापा मगरको आवाजमा सजिएको गीतलाई आम दर्शकहरुको पहिलो रोजाइ बन्न पुगेको छ । सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको चलन बढ्दो भएका कारण भिडियोलाई विशेष रुपमा निर्देशन गरेको गायक परियारले बताए ।
रमेश बगाले मगरको शब्द तथा आशिष परियारको संगीत गीतमा रहेको छ । भिडियोको छायाँकन प्रकाश खड्काले गरेका हुन् । गीतको निर्देशन विक्रम चौहान ले गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन ।सार्वजनिक गीतमा रिना थापा मगर र कृष्ण सापकोटाको अभिनय हेर्न पाइन्छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया