अरे मोदि आउने रे
संस्कृतिको चाबी दिने अरे
दिन त पहिला थुप्रै दियौं
खोला नाला सबै सबै
बाकी अब अरु के दिने ?
म एक छाक खाएर बाचेको छु
भन!बाच्ने आधार कहाँ छ?

पिडामा मदिरा पिउन सिकाउछौ
मदिरा पियौ मासु खुवायौ
अनि परिभाषित गर्यो
सबै स्वीकार्य छ भन्यौं
बिचमा थपिथपि खुवायौ
यथार्थ विश्वास दिलायौ
अलि परा लगेर
तीर देखायो मुटुमा पसायो।
बद्लामा तिमीलाई आशिर्वाद छ।
भन!मेरो आत्मा कहाँ छ?
तिम्रो त झुठो पनि साचो
भन!मेरो साचो कहाँ छ?

प्रचण्ड ओली देउवा सबै भन्छन् खराब
कहिले सम्ममा गर्ने यिनलाई सखाप कति छ तिमीहरु सग जुक्ति
हामी सोचौ एक एक युक्ति
अब त भन! भ्रष्टाचार मुक्ति कहाँ छ?

उता बिचरा रेशम चौधरी
यता शान्ता र विनोद चौधरी
जिन्दावाद र मुर्दावाद,
तुरुन्तै तुलना गर्नुस् अचम्मकारी
तिमी गोलि हो जनता मिसाइल
गोलि भन्दा मिसाइल बन्न समय लाग्छ,
हाम्रो बुझाइमा अभिवादन
तिम्रो बुझाईमा गर्दन?
गर्दनमा खुकुरी चलाउने तिमी महान?
भन!मेरो महान कहाँ छ?

चित्त सबैको बुझाई देउ
म आफ्नै आगनमा खेल्न चाहन्छु
पाखुरा चलाई रमाउन चाहन्छु
भौगोलिक पहिचान खोइ?
म बुद्धसग जीवन बिताउन चाहन्छु
भन!बुद्ध कहाँ छ?

बलात्कार त शिक्षक र पुलिसले
खुल्लामा गरिने रहेछ
मुद्दा हाल्ने अदालत कहाँ छ?
सुन खानी नभएको देशमा
भन!त्यत्रो सुन कहाँबाट आउँछ?
फेरि भन!गरि खाने चौतारो कहाँ छ?

श्रीमान!
निर्दोषलाई न्याय दिने न्यायालय कहाँ छ?
वर्षौं देखि शोषित पिडीतको उन्मुक्ति कहा छ?
दासताको पञ्जाबाट फुत्किने जुक्ति कहाँ छ?
फैसला ठोकेर भन्नुस्-श्रीमान…?
इतिहास र पहिचानको मुक्ति कहाँ छ?

कम्मर कसेर मुठ्ठी नउचाले सम्म
अधिकार खोज्न जनता नजागे सम्म
कसरी बन्छ पुर्न नवदेश?
हाम्रो मिलन कहिले हुने?
आदिवासी जनजाति अझै रुने?
खुरुखुरु इतिहासको पाप धुनु
तिम्रो नेपालीपन कहाँ छ?
प्रदेश टावर बनाउनु,
नाली जस्तो देश मेरो होइन
फेरि पनि सोध्दै छु?
भन!सुन्दर देश कहाँ छ?

राजकुमार ग्याबा तामाङ
मकवानपुर,मनहरी-४
२०७५/०१/२२

तपाईको प्रतिक्रिया