काठमाडौँ : विगत लामो समय देखी सौन्दर्य प्रतियोगिताहरू आयोजना गर्दै आएको मोडल सङ्स नेपाल प्रा.लि.ले “मिस स्कुबा नेपाल २०१८” को आयोजना गर्ने भएको छ । नेपालको कला सस्कृतिको जगेर्ना एबम अन्तराष्ट्रिय स्तरमा नेपालको सहभागितालाई सुनिश्चित गरिने यस प्रा.लि.का प्रबन्ध निर्देशक डेबिल सिह राजपुतले बताएका छन् । सहभागिता जनाउने प्रतियोगीहरू मध्य उत्कृष्टलाइ मलेशियामा आयोजना हुन गइरहेको “मिस स्कुबा इन्टरनेशनल२०१८” मा सहभागिता जनाउन अवसर प्रदान गरिने भएको छ । यस प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली नागरिक भएका ,१७ देखि २८ बर्ष सम्मका, ५’२” इन्च भन्दा माथि उचाइ भएका , सामान्य अंग्रेजी भाषामा कुराकानी गर्न सक्षम अविवाहित महिलाले यस प्रतियोगितामा सहभागिता जनाउन सक्ने कुरा आयोजक टिमले बताएको छन । यस प्रतियोगिताको विजेताले मलेशियामा हुने “मिस स्कुबा इन्टरनेशनल २०१८ मा स्वत सहभागिता जनाउन सक्नेछन भने यसका अलवा नगद पुरस्कार सहित चलचित्र , म्युजिक भिडियो , मिडियामा अन्तरवार्ता आदिमा सहभागिता गराइने छ । यस प्रतियोगिताको अडिसन जेठ १९ गते रेड डायमण्ड रेष्टुरेन्ट नया वानेश्वरमा हुने भएको छ ।

अाफुमा कला भएर पनि उचित कदर नभएकाले निराश भएर बसेका सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका र उचित मूल्याङ्कन नहुदा आफुलाई एक्सपोज गर्न सक्षम नभएका, उनिहरूको क्षमतालाई अभिवृद्दि गर्दै समाजमा सकरात्मक संदेश फैलाउदै नेपाली कला नगरिमा सक्षम र क्षमतावान जनशक्ति उत्पादन गरि समायोजन गर्न यो प्रतियोगिता सहयोगी सिद्द हुने कुरा यस प्रतियोगिताका आयोजक सदस्य दिवस भट्टराइले बताएका छन् ।

यस प्रतियोगितामा सहभागिता जनाउन इच्छुक प्रतियोगीहरूले ओमनिया A-९७ भुई तल्ला वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वर फोन न ०१-४११७१४२, ओमनिया G-२४ भुइ तला सिटी सेन्टर कमलपोखरी फोन न ०१-४०११५२३, योङ फरेभर पसल न २०२ पिपुल्स प्लाजा न्युरोड फोन न ०१-४१५७५९५ र रेड डायमण्ड रेष्टुरेन्ट नया वानेश्वर काठमाण्डौ फोन न ९८५१२२७७६५ मयुरी हाउस न्यू प्लाजा सडक फोन न. ९८४७५९३००९मा सम्पर्क गरि वा सोझै माथि उल्लेखित स्थानमा गई फारम भर्न सकिने कुरा कम्पनिका प्रबन्ध निर्देशक डेबिल सिह राजपुतले जानकारी गराएका छन् ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, पब्लिक स्पिकिङ, , आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, सेल्फ मेकअप क्लास, सहित विभिन्न सामाजिक गतिविधीमा समेत सहभागि गराइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया