काठमाडौ २६ बेशाख । नेपालमै पहिलो पटक टेलिभिजन रियालीटी शो नेपाल लोक आईडल २०७५ को आयोजना हुने भएको छ । काठमाडौमा पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराइएको छ । नेपालको लोकसंस्कृति जर्गेना, सम्बद्र्धन र संरक्षण गर्ने उदेश्यले उक्त रियालिटी शो को आयोजना गनृ लागिएको हो ।

सार्थक डिजिटल म्यूजिक प्रा।लि।को आयोजना र जेब्रा क्रियसनको प्रस्तुतीमा नेपाल लोक आईडल २०७५ आयोजना हुन गईरहेको लोक आइडलका निर्देशक सुरेन्द्र दाहालले बताए । उनले भने, “नेपाल,कला र संस्कृतिको धनी राष्ट्र हो । यिनै कला संस्कृति र ग्रामीण भेगका कुना कन्धरामा गुञ्जिने लोक भाकाहरु नै हाम्रा साँस्कृतिक धरोहर हुन् । यिनै कला र गलाको उचित संरक्षण र सम्बद्र्धन अहिलेको अपरिहार्यता भएकोले यस लोक आइडलको आयोजना गरेका हौँ “।

देशका कुना कन्दरामा घन्कीने लोकभाकाहरुलाई टेलिभिजनका माध्यमवाट दर्शक समक्ष जस्ताको तस्तै पस्कने जमर्को स्वरुप देशभरकै ७७ जिल्ला र नयाँ संरचनाका सातवटै प्रदेशका प्रतिभाहरुलाई प्रष्फुटन गर्ने उद्धेश्य सहित नेपाललोक आईडल २०७५ गर्न लागिएको निर्देशक दाहालको तर्क रहेको छ ।

दाहालका अनुसार यस प्रयासले पक्कै पनि बर्षौदेखि आफुभित्रको क्षमता,प्रतिभा र उनिहरुको लोकशैलीलाई यस अभियानमार्फत समेट्ने छ । ” यस आईडललाई केवल एउटा टेलिभिजनकार्यक्रमको रुपमामात्रै सिमितनपारी देश समृद्ध बनाउने, देशको संस्कृति सम्बद्धन गर्ने, कला र संस्कृतिलाई मूर्त रुप दिने अभियानका रुपमासमेत यस आईडललाई लिएका छौं ” दाहालले बताए।

लोक आइडलको अडिसन कुन कुन ठाउमा गर्ने भनेर जानकारी भने गराइएको छैन । यसको फर्म प्रतियोगीले कहिलेबाट भर्न पाउने भन्ने जानकारी आगामी पत्रकार सम्मेलन मार्फत जानकार िगराइने आयोजकले जनाएको छ ।

लोक आइडलको पहिलो विजेताले पुरस्कार स्वरुप नगद रु ३०लाख, प्रमाणपत्र र बिभिन्न गिफ्ट् ह्याम्परहरु पाउनेछन भने उनिहरुको क्षमता अनुरुपका गीतहरु तयार गरी म्यूजिक भिडियो समेत निर्माण गरिनेछ । त्यसरी नै दास्रो विजेतालाई नगद रु १५ लाख, प्रमाणपत्र र बिभिन्न गिफ्ट् ह्याम्परहरु सहित उनिहरुको क्षमता अनुरुपकागीतहरु तयार गरी म्यूजिक भिडियो समेत निर्माण गरिनेछ । त्यसरी नै तेस्रो विजेतालाई रु १० लाख, प्रमाणपत्र र बिभिन्न गिफ्ट् ह्याम्परहरु सहितउनिहरुको क्षमता अनुरुपकागीतहरु तयार गरीम्यूजिक भिडियो समेत निर्माण गरिनेछ ।

यस नेपाललोक आईडल २०७५ को छायांकनको लागि सातै प्रदेशकाबिभिन्न स्थानहरुमा छायांकन गरी त्यसकामुख्य–मुख्यझलकहरुलाई टेलिभिजन कार्यक्रम मार्फत प्रशारण गरीने छन् भने दोस्रो चरणदेखिका सम्पूर्ण छनौट चरणका कार्यक्रमहरु टेलिभिजनएपिसोड मार्फत प्रशारण गरीने छन् ।

तपाईको प्रतिक्रिया