रोशन पोखरेल, विराटनगर , बैशाख २९
नेपाली लोक गीतको बजार हाल आएर निकै विस्तृत बन्दैँ गएको छ । मौलिक भाकाका साथै अहिलेको आधुनिक समाजको अवस्था सम्मको बारेमा लोकदोहोरी सर्जक तथा कलाकारहरुले निरन्तर रुपमा आफना सिर्जनालाई आम दर्शक तथा स्रोता माझँमा ल्याइरहेका छन ।

आजको विषम परिवेशमा पनि आफनो सस्कारलाई बचाइराख्नुपर्छ भन्ने सकारात्मक किसिमको विचार लोकदोहोरीका सष्टामा रहेको छ । यसै क्रममा भैरव कालिका म्युजिक प्रालीको प्रस्तुतिमा प्रविन तामाङ र दिपक तामाङको लोकदोहोरी गीत लोकेन्द्र शाही र माया पार्धेको आवाजमा रहेको डान्सिङ लोकदोहोरी “तिम्रो जवानी ” भर्खर मात्र बजारमा आएको छ ।

मायालु जोडीको मनमा लागेका प्रेमका कथालाई गीतमा समेटिएको छ । रमेश विश्वकर्मा को शब्द तथा सज्जन धामीको लय गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन,काजिश श्रेष्ठको निर्देशनमा तयार परिएको भिडियोमा चर्चित मोडल करिष्मा ढकाल र राज कुमार पुन मगरको बेजोड अभिनय भिडियोमा रहेको छ । “तिम्रो जवानी ” को भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडीयो ।

तपाईको प्रतिक्रिया