राजु बोहरा–काठमाडौँ । उदयपुरको सुन्दरपुरमा जन्मिएका गायक सदेश राइको “तिम्रो काख भन्दा न्यानो” बोलको गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ । उनले “साथि” नामक गीति एल्बम बाट आफ्नो सांगीतिक यात्राको शुभारम्भ गरेका थिए । यस लगत्तै बजारमा आएको यो एम्बम “प्रतिबबद्धता” बाट झनै उनि उत्साहित भएर सन्देशले यस गीतको पनि म्युजिक भिडियो निर्माण गरेका हुन् । संदेश राइको पछिल्लो एल्बम “प्रतिबबद्धता” भित्र जम्मा पाँच वटा गीतहरु समाबेस गरिएका छन् ।

सार्बजनिक भएको “तिम्रो काख भन्दा न्यानो” बोलको गीतको म्युजिक भिडियोमा गायक स्वयम् संदेशले अभिनय गरेका हुन् भने साथमा उनलाई सरिता कुँवरले साथ दिएकी छिन् । भिडियोलाई निर्देशन राजिब बलामीले गरेका हुन् भने छायांकन कृष्ण श्रेष्ठ र सम्पादन दिनसन शाहले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया