राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गित संगीतका पारखीहरुका लागि सुप्रसिद्ध नाम भोजराज काफ्ले जसले कहिले गरिबको घरमा चुलो नबालेको कुरा आफ्नो सांगीतिक कोसेली मार्फत गरे त कहिले गलैचा बुन्नेहरुको यथार्थलाई आम जन समक्ष पर्याउने प्रयत्न गरे । समग्रमा उनले नेपाली समाजमा भए गरेका यथार्थतालाई नै चित्रण गर्दै आफ्ना सांगीतिक कोसेली बजारमा ल्याइरहेका छन् ।

सोहि क्रममा यति बेला अशंख्य काठमाडौँ बासीहरु माझ कौतुहलताको बिषय बनिरहेको मेलम्चीको पानिको सेरोफेरोमा रहेर “मेलम्ची आउँछ” बोलको एक गीत बजारमा ल्याएका छन् । यस गीतमा गायक भोजराज काफ्ले एक नेताको भनाइ प्रति केन्दित रहेर आफ्नो आवाज मार्फत प्रस्तुत भएका छन् । उनले यस बिषयमा आफुले ठुला ठुला भाषण गरेता पनि आफ्नै घरमा मेलम्चीको पानि काठमाडौँमा आउछ भन्ने कुरा आफ्नै घर परिवारले समेत विश्वास नगरेको र घर परिवार मात्र होइन सबैले विश्वास गरिदिन आग्रह गरेका छन् ।

प्रस्तुत गीतमा गायक भोजराज काफ्लेलाई गायिका रोशनी रसाइली र साथीहरुले स्वरमा साथ दिएका छन् । भोजराज काफ्ले कै लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियो पनि तयार भैसकेको छ । समय साप्यक्ष ढंग बाट तयार भएको भिडियोमा सबिन गौतम, मेलिना ठकुरी, मेनुका संजेल र लक्ष्मण भण्डारीको रोमान्चक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन गायक भोजराज काफ्ले स्वयम् ले नै गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन प्रदिप दाहालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया