राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको माध्यम बात आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायक मौसम गुरुङ सुमधुर स्वर लहरिले सजिएको एक गीत आजै बाट मात्रै डिजिटल बजारमा सार्बजनिक भएको छ । एम.बि गुरुंगको प्रस्तुतिमा रहेको उक्त गीत “सम्पर्क बिहिन” बोलको रहेको छ । आफुले माया गरेको प्रेमिकाबाट नचाहदा नचाहँदै बाध्यता बस टाढा हुन पुगे पछी ति प्रेमिका निकै लामो समय सम्म सम्पर्क बिहिन हुँदा मनमा पैदा भएको संकोचलाई यस गीतले बोलेको छ ।

दिपक बसन्त कार्कीको लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोमा हाल जापानमा रहेका मोडल एवं गायक एम.बि गुरुङ र सोनु के.सि को रहेको छ । हाल जापानमा रहेको र यो गीत एम.बि गुरुङ कै प्रस्तुतिमा बजारमा आएको हुनाल्रे पनि यो अनुमान लगाउन सकिन्छ कि कतै यस गीतको वास्तविकता प्रस्तुतकर्ता स्वयम् को त होइन ?

दिपक बसन्त कार्कीको निर्देशन बिष्णु बस्नेतको छायांकनमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई सम्पादन दिपक विस्टले गरेका छन् । यस गीतलाई आवाजको माध्यमबाट सजिसजावट गर्नको लागि गायक मौसमको साथमा अहिलेकी बहुचर्चित गायिका बिष्णु माझीको पनि सुमधुर स्वर सुन्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया