६ जेठ, काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मलेशिया पुगेका गीतकार सन्तोष बानिया झुण्डीरहेको अवस्थामा भेटिएका छन् । स्रोतका अनुसार उनलाई उनकै कोठा भित्र डोरिमा झुण्डीरहेको अवस्थामा भेटिएको बताईएको छ । उनको अवस्था हेर्दा आफै नझुण्डीई अरु कसैले नै झुण्डाएर हत्या गरेको हो कि भन्ने शंका गरिएको छ ।

उनको गलामा लगाईएको पाँसोको गाँठो चिउँडो नाघेरको छ र उनलाई हत्या गरिएको बाताइएको छ । घटनाको बारेमा पुरा बिवरण भने आईसकेको छैन । बानिया नेपाली लोक दोहोरी क्षेत्रका एक होनहार सर्जक हुन् ।

लामो समय देखि गीतसंगीतमा लागिरहेका बानिया केही बर्षदेखि मलेशियामा बस्दै आएका थिए । बानिया १५ घण्टा सम्म सम्पर्कमा नदेखिएपछि कलाकारहरुले खोजि गर्दै जाँदा उनि झुन्डिएको अबस्थामा फेला परेको पारिवारिक श्रोतले जनाएको छ ।

परिवारको सदस्य उनको बुबालाई मेरो अन्तिम बोलि भन्दै उनले आफ्नो फेसबुकबाट भोइस म्यासेज छाडेर आत्महत्या गरेको भन्ने खबर बाहिरिएको छ तर अझै पृष्टि हुन बाँकी छ। उनिसंगै रहेको साथीले तत्काल नेपालमा सम्पर्क गरि मृत्यु भएको खबर सुनाएको थिए ।

उनको सब ४ दिन पछि नेपाल ल्याउने पारिवारिक श्रोतले बताएको छ । मलेसियास्थित घटेको घटना हुनाले नेपालम्म बिवरण आउन अलि समय लाग्ने छ । उक्त घटनाको छानमिन भने भईरहेको बताईएको छ ।

केही दिन अगाडी ‘बिरह’ गीत सार्वजनिक गरेका बानियाको आज माया, सुन चांदीको महल, बिरह लगाएतका गीतहरु चर्चित रहेका छन् ।

तपाईको प्रतिक्रिया