राजु बोहरा–काठमाडौँ । कुनै पनि गित संगीतलाई दरिलो बनाउनका लागि साहित्य पनि बुझ्नु जरुरी छ । यसैको मध्यनजरको साथ् साहित्य प्रति झुकाप राख्दै आएकी शर्मिला पुरुले एक निकै मन छुने गित सिर्जना गरेकी छिन् । “कालो बादल” नाम गरेर बजारमा आएको उक्त गीतमा नेपाली लोक तथा दोहोरी गित संगीतको माध्यम बाट आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायक मौसम गुरुङ र तुलसी घर्ति मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको भाव अनुसार आफुले माया गरेको मान्छेको बिबाह हुने कुरा सुनेपछी सम्हालिन नसकि अन्तिम सासमा रहेको प्रसंग यस समाबेस गरिएको छ ।

शर्मिला पुरीको अत्यन्त घत लाग्दो लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोमा आशिर प्रताप र संचिता शाहीको अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन पनि सर्जक स्वयम् शर्मिला पुरीले नै गरेकी छिन् । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रका लागि उनको नयाँ नाम भएता पनि शर्मिलाको यस गीत प्रतिको भूमिकालाई हामि सम्पूर्ण कदर गर्नै पर्छ । शर्मिला पुरी र बिक्रम आचार्यको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यस गीतको म्युजिक भिडियोलाई छायांकन करन चैंसिरले गरेका हुन् भने सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया