बलिउडका चर्चित फिल्म निर्देशक सुभाष घई नेपाल आउने भएका छन् ।

यही जेठ २० गते राजधानीमा हुने ‘फिल्म एण्ड मिडिया नलेज सेमिनार’मा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

चलचित्र निर्माण, वितरण र प्रदर्शनसँगै फिल्म एजुकेशनलाई पनि प्राथामिकता दिनुपर्ने भन्दै कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उड इन्टरनेशनलले सेमिनार संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।

सुभाष घई विस्लीङ्ग उडका संस्थापक अध्यक्ष पनि हुन् । उनले नै नेपाली चेली मनिषा कोइरालालाई १९९१ मा फिल्म ‘सौदागर’ बाट बलिउड प्रवेश गराएका थिए ।

वर्कशप बिशेष गरी मिडिया नलेज, मोवाईल फिल्म मेकिङ्ग, स्कृप्ट राईटिङ्ग र फेसन डिजाइनमा केन्द्रीत हुने बताइएको छ । यही वर्कशपको लागी मुम्बईबाट निर्देशक घईसँगै , स्कृप्ट राईटर अन्जुम राजाबली, फेसन डिजाईनर, निशा चन्दा, फिल्म मेकर रवीया नाज्की तथा मुक्ता आर्टस्का मेनेजीङ डिरेक्टर राहुल पुरी र नेपालबाट दिनेश डिसी हुनेछन ।

काठमाण्डौको होटल अन्नपूर्णमा विहान ९ बजे देखी साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त वर्कशपले नेपाली फिल्म, फेसन र मिडियालाई अझ बढी बिस्तारित बनाउने विश्वास लिएको कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले बताए । पुरी लगायतको टोली गत महिना मुम्बई पुगेर घई र विस्लीङ उडलाई वर्कसपमा साझेदारी गर्न आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया