नेपाली संगीतिक क्षेत्रमा स्थापित बन्दै गरेका कलाकार हुन ईश्वर जंग खड्का । मस्ढा ३ भातेखोला बझाङ ३ मा जन्मनुभएका ईश्वर सानै उमेर देखी कलाकारिता क्षेत्रमा लागेर नेपाली कला क्षेत्रमा भिन्न काम गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढनुभयो । विगत ४ बर्ष देखि नेपाली गित संगीतमा भिडियोमा मोडलिङको रुपमा परिचित बन्नसफल बन्न पुगेका छन । लोकदोहोरी का कुशल सिर्जना तथा अभिनयमा रुचि राख्ने उनको बानि रहेको छ । जीवनका सम्पूर्ण भागलाई संगीतको अभिन्न भागकोरुपमा परिचित क्षेत्रमा लगाउन पाउदा निकै खुशी छन । आफनो भाग्य र साथीहरुको माया , प्रेम र हौसलाको श्रेयले उनी आजको स्थानमा आउन सफल भएको बताएका छन । कलाकारहरुको आफ्नै बाध्यता , आफ्नो मनमा जतिसुकै पिर बेथा भए पनि , बाहिर हाँसेरै अरुको लागि खुसि हुनु पर्ने ! अवस्थाबाट आफु कति पनि विचलित नभएको उनले धारणा रहेको छ । उनै सर्वप्रिय कलाकार ईश्वर जंग खड्कासंग सहकर्मि  रोशन पोखरेलले गर्नुभएकोे संक्षिप्त कुराकानी ।

तपाई अहिले के मा व्यस्त हुनुहुन्छ नी ?

म हिजो आज कलाकारितामा नै ब्यस्त रहेको छु , नेपाली लोक दोहोरी गितका भिडियो निमार्णको काम र आफनै सफलता म्युजिक प्रालि मार्फत विभिन्न सष्टा तथा सर्जकको गीतहरुलाई बाहिर ल्याउने काममा अभ्यस्त रहेको छु ।

बाल्यकाल कता र कसरी बित्यो ?

मेरो बाल्यकाल बझाङ मस्था नै हाँसखेल गदै वित्यो ,सानै देखी गित संगितमा मेरो रुचि थियो । बाल्यकाल देखी नै कलाकारिता प्रति मेरो शोख रहेको थियो ।

ईश्वर जंग खड्कालाई चर्चाको शिखरमा ल्याउने पहिलो गित कुन हो ?

म अभिनित पहिलो गीत प्रतिक्षा , जसले मलाई कलाकारिता क्षेत्रमा परिचित बन्नको लागी अगाडि बढायो । जसको हौसला र प्रेरणबाट निरन्तर रुपमा कलाकारितमा अग्रसर बनायो ।

जीवनमा कतिखेर चाहिँ खुशी लाग्छ ?

आफूले राम्रो काम गर्दा, प्रोडक्ट गरेको कलाकारले नाम लिँदा, सम्मान गर्दा ज्यादै खुशी लाग्छ । सम्मान भन्दैमा खुट्टा ढोग्नु पर्छ भन्ने होइन, जन्मभूमि, गुरु, मातापिताको सम्मान गर्ने संस्कार बुझेमा पुग्छ । जुन आज म यस स्थानमा छुँ । त्यो नै मेरो लागी खुशीको पल हो

अहिलेसम्म कामको मूल्यांकन कतिखेर भएजस्तो लाग्छ ?

निरन्तर काम गर्ने मान्छे विश्राम पनि लिँदैन, खुशी पनि हुँदैन, आत्मसन्तुष्टि लिनु ठूलो हो । मैले काम गरेर अवार्ड पाउँदैमा खुशी हुने, नपाउँदा दुःखी हुने वा कार्यक्रममा बोलाए भन्दैमा खुशी हुने पनि होइन । काममा ध्यान दिनु जरुरी छ ।

साँगितिक क्षेत्रमा लामो समय बिताउनु भएको छ पछिल्लो समयमा नेपाली कलाकारिताको बजार कस्तो पाउनु भएको छ ?

विगतमा जस्तो हाल कला क्षेत्रमा अवस्था छैन , पैसा र पहुँचको भरमा गित निकाल्ने र अभिनय गर्ने क्रम निरन्तर बढ्दो मात्रामा छ , जुन कुरा नेपाली कलाकारिताका लागी धातक विषय हो । जसले कलाकारिता क्षेत्रलाई विकृत बनाएको छ । त्यस प्रकारका विकृतीको अन्त्य गर्नुपर्छ भन्ने विचारमा छु ।

–साँगितिक क्षेत्रमा लागेर कलाकारहरुलाई जिवन चलाउन कत्तिको सहज छ ?

एकदमै कठिन छ , मेला महोत्सव र देश विदेशमा जान पाए त सहज लै हुन्छ । सहज छ जस्तो मलाई लाग्दैन । कतिपय अवस्थामा हामी कलाकारहरुले आफना सिर्जनाहरुलाई आम दर्शक तथा स्रोता माझँमा आफना रचनाहरु पुयाउन आर्थिक कारण बाट नै बञ्चित हुनुपरेको छ ।

यो क्षेत्रमा नआएको भए ईश्वर जंग खड्का आज कुन पेशामा हुनुहुन्थ्यो ?

हाहाहाहा मोडलको रुपमा नभएको भए सायद संगितकै कुनै पाटोमा सधर्षरत हुने थिए की । जसले सामाजिक रुपमा यस्तै प्रकारको पेशामा आवद्ध हुन्थे होला ।

– जिवनको अविस्मरणिय क्षण ?

जिवनका अविस्मरणिय क्षणहरु धेरै छन । मलाई पहिलो पल्ट अभिनय गर्दाको क्षण को याद धेरै छ । मलाई त्यस समयमा जुन भिडियोमा अवसर दिनुभएको थियो , एका तर्फ म मा धेरै खुशी थिए भने अर्काे तर्फ आफनो कामको बारेमा पनि निकै अनविज्ञय थिए ।

प्रसंग फरकमा कुरा गरौ, तपाई कलाकार हुनुहुन्छ यो देशको राष्ट्रपनि हुनुभयो भने के गर्नुहुन्छ ।

हजुर, (लामो हासो) हामी जस्तो कलाकार तैपनि संघर्ष गरिरहेकोहरु कहाँ पुग्नु त्यो ठाउँमा । तर, पनि असम्भव भन्ने चिज छैन । म त्यो पदमा पुगे भने म कलाकार भएकोले पहिलो मेरो कार्य भनेको कलाकारको हित हुने काम नै गर्छु । र अर्काे तर्फ मुलुकलाई समृद्ध बनाउने कार्यको लागी ठोस प्रकारको निति तथा निमार्ण गर्छु ।

–विभिन्न म्युजिक भिडियोमा आफनो कला प्रस्तुत गर्नुहुन्छ ? कतिको पे्रम प्रस्ताव आउँछ ।

हजुर, तपाईले सोध्नु भएको कुरा ठीक हो म एक सामान्य कलाकार हुँ । जहाँ सम्म प्रेम प्रस्तावको प्रसंग छ । कतिपय व्यक्तिहरु प्रस्ताव राख्छन ् । तर, त्यसपछि सहज रुपमा लिएर सम्झाउन सक्नुपर्छ । कलाकार भएपछि । सहज रुपमा लिनुपर्छ । क्षणिक रुपमा मेरो कलालाई मन पराएर आउने विपरित लिङगीहरु धेरै हुन्छन जुन कुरा स्वाविक हो जस्तो लाग्छ ।

–दुःखद घटना ?

हाल सम्म मैले दुखको अवस्था सामना गर्नुपरेको छैन । सायद घरपरिवारको साथ र दर्शकहरुको मायाले होला की । दुखलाई आत्मसाथ गदैँ अवसरका लागी पनि बाटोहरु प्रसस्त हुन्छन भन्ने लाग्छ ।

–तपाई बाटो हिड्दै गर्दा कुनै केटी प्रशंसकले अचानक प्रेम प्रस्ताव राख्यो भने के गर्नुहुन्छ ।

हेर्नुहोस् । हाम्रा प्रशंसकहरु पनि बुझ्छन् । बाटोमा त्यस्ता दुःख दिने कार्य गर्नुहुँदैन तैपनि त्यो घटना भईहाले पनि राम्रो संग सम्झाउछु अनि आफ्नो बाटो लाग्छु । प्रेम प्रस्ताव आयो नै भने अस्किार गरेर अगाडि बढ्नै हैन । त्यसलाई सकारात्मक रुपमा लिएर आफनो गन्त्व्य तर्फ अगाडि जानु नै उत्तम होला की ?

–संचारकर्मीहरुको सहयोग कतिको पाउनु भएको छ ।

संचार विना कलाकारहरुको जिवन अधुरै हुन्छ। संचारले नै हामी अघि बढेका छौ । संचारकमीको सहयोग ठुलो छ । त्यो सहयोग निरन्तर रहिरहन्छ भन्ने विश्वास छ । राम्रै साथ सहयोग पाएको छु ।

–अन्तमा के छ ?

सर्वप्रथम, रमाइृलो कुराकानीको लागि हामीलाई समय दिनुभयो रोशन जी तपाई लगायत तपाई क्रियाशिल मिडियाको उत्तोतर प्रगतिको कामना भन्न चाहन्छु । नेपाली कला र नेपाली कलाकारिता क्षेत्रको क्षेत्रमा अझ क्रियाशिल मिडिया बन्न सकोस शुभकामना ।्

तपाईको प्रतिक्रिया