– प्रदिप राई

मलेसियामा हरेक बर्ष कार्यक्रम सन्चालन गर्दै आएका फ्रेण्डशिप धमकाका यस बर्ष पनि भब्यताका साथ कार्यक्रम गर्ने भएका छन । यसै बिच मलेसियाको महान चाड हरिरायको अबसर पारेर सार्वजनिक बिदाका दिनमा नेपाली हरुलाई भरपुर मनोरञ्जन दिने धमका डाईरेक्टर कृष्ण पुलामिले बताए।
कार्यक्रम मा केही समय यता सामाजिक संजाल भरिको चर्चा परिचर्चा कमाएका बाल गायक अशोक दर्जि ,गायक टंक बुढाथोकी, गायिका मिना निरौला, चर्चित हास्य कलाकार दमन रुपाखेती , चर्चित हास्य कलाकार (खैरेटे) राजन चापागाईं, नायिका सुप्रीया कट्वाल, डिजे रुपक, लगाएतका कलाकारहरुले भब्य प्रस्तुति दिने भएका छ्न।
साथै कार्यक्रम बाट सङ्कलित रकम अहिले नेपाली संगीतिक क्षेत्रका चर्चित बाल गायक असोक दर्जीको घर निर्माणमा सहयोग गर्ने उदेश्य लिएर २० औ फ्रेण्डशिप धमाका गर्न लागिएको कार्यक्रम डाइरेक्टर कृष्ण पुलामीले बताउनु भयो। मलेसियामा कार्यक्रम गर्दै आउनु भएको फ्रेण्डधिप धमका डाइरेक्टर पुलामीले अब आउने धमका २० को सम्पूर्ण रकम असोक दर्जिको घर निर्माणलाई आर्थिक सहयोग गर्ने बताउनु भएको हो । मलेसियाको महान चाड हरिरायाको अवसरमा यही आउने २०१८ जुन १५ तारिक देखी १८ तारिक सम्म हुने फ्रेण्डशिप धमका बिषको कार्यक्रम मलेसियाको ईपो पेराक जुन १५ तारिक पोट केलाङ जुन १६ तारिक बातु पाहत १७ तारिक हुने भएको छ।

तपाईको प्रतिक्रिया