राजु बोहरा–काठमाडौँ । स्थाई घर सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ९ भएका सर्जक हिमाल खड्का अहिले रोजगारीको सिलसिलामा कतार मा रहेका छन् । उनले प्रबाश मा नै रहेर पनि नेपाल लोक तथा दोहोरी गीत संगीतको क्षेत्रलाई धनि बनाउनका लागि आफ्नो तर्फ बाट महत्वपुर्ण भूमिका निर्वाह गरिरहेका छन् । हुन त उनका गीतमा आफ्नै वास्तविक जिबन घटनामा आधारित भनेर सार्बजनिक भएका हुन्छन् । तर पनि लोक भनेको समाज हो र समाजमा भए गरेका यथार्थतालाई आफ्नै कला संस्कृति र मौलिक परम्पराको जगेनार्थ उनको गीतले महत्वपुर्ण भूमिका निर्बाह गरेको छ ।

सोहि अनुरुप हिमालले अहिले सम्म धेरै लोक तथा दोहोरी गीतहरु बजारमा ल्याईरहंदा आफ्नो निरन्तरतालाई कायम राख्न फेरी अर्को लोक दोहोरी गीत “एक्लो जिबन” बजारमा ल्याएका छन् । यस गीतमा पछिल्लो समयमा संगीत संयोजनको विधा बाट ब्यस्त रहेका बिष्णु तामांग र सबै सांगीतिक मनहरुको ढुकढुकी बन्न सफल गायिका गीता देबीको सुमधुर स्वर रहेको छ । यस गीतमा लय उनै हिमाल खड्काको रहेको छ भने शब्द भुवन कटुवालको रहेको छ ।

निकै मर्मस्पर्सी ढंग बाट तयार पारिएको यस गीतको म्युजिक भिडियो पनि निर्माण गरिसकिएको छ । भिडियोमा बिमल अधिकारी, साया भण्डारी, अमृता बन्जारा र समिर थोकरको अभिनय देख्न सकिन्छ । “एक्लो जिबन” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन प्रकाश एस.के ले गरेका छन् । यस गीत लगत्तै सर्जक हिमाल खड्काको प्रस्तुतिमा “तिमि मेरो होइनौ, र “मृत्युदण्ड” पनि बजारमा आउने तयारी भैरहेको जानकारी प्राप्त भएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया