रोशन पोखरेल, काठमान्डाँै, जेष्ठ १७
मौलिक लोकदोहोरीको क्षेत्रमा बियोगान्त लोकदोहोरीलाई बजारमा ल्याएर सर्वाधिक रोजाइमा रहेका गायक पुष्कल शर्माको अभिनयमा ‘पिडाको राजधानी’ सार्वजनिक भएको छ । मन्दीर म्युजिक कम्पनीको प्रस्तुतिमा गायक गणेश अधिकारी र विष्णु माझीले स्वरबद्ध गरेको गीतमा वियोगान्त पिडालाई समेटिएको छ ।
नलाउ झुठो पिरती ३ मा संग्रहित गरिएको गीतमा सुनिल केसीको शब्द तथा संगीत गणेश अधिकारीको रहेको छ ।मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको हुनाले आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गायक तथा मोडल पुष्कल शर्माले लिएका छन । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । गीतको भिडियोमा पुस्कल शर्मा र अनु श्रेष्ठको अभिनयलाई देख्न सकिन्छ । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया