काठमान्डाँै , जेष्ठ १७
सुदुर पश्चिमी लोक परम्परामा आधारित गीत “यो सरावी बड्दो” देउडा गीतको अडियो सार्वजनिक भएको छ । चन्द्र म्युजिक प्रालीको प्रस्तुतिमा भिम बोगटी मायालु र प्रेम बोगटीको देउडा गीत “यो सरावी बड्दो” बजारमा सर्वाधिक चर्चाको शिखरमा रहेको छ । मौलिक भाकालाई सवोकृष्ट रुपमा गीतमा प्रयोग गरिएको छ ।
ग्रामिण परिवेशमा बोलिने मौलिक शब्दलाई गीतमा समेटिएको छ । आफु जस्तो सुकै काम गरेर पनि परिवारका सदस्यको आवश्यकतालाई पुरा गर्ने कुरा गीतमा गरिएको छ । सुदुरपश्चिमको कला संस्कृतिलाई जोगाई राख्न विभिन्न समयमा समय सान्दर्भिक गीतहरु सिर्जना गर्ने गरेको गीतका गायक लाल बहादुर धामी र गायिका गौरी भटटले बताए । पछिल्लो समयमा देउडा गीत लोप हुन लागेको र सकेसम्म सुदुरपश्चिमको लोक सस्कृति जोगाउनका लागि निरन्तर लागिरहने उनले बताए ।
आलाप स्टुडियोमा रेकर्ड गरिएको गीतमा चर्चित गायीका गौरी भटट् र लालबहादुर धामीको स्वर रहको छ । गीतलाई देव कठायत र राजेन्द्र शाहीको लय र संगीत संयोजन रहेको छ । आगामी दिनमा पनि अधुरै रहयो पिरती , बहाने बजार गीत बजारमा निकट भविष्यमा आउने बताइएको छ
अडियो सुन्नको लागी तलको लिंकमा क्लिक गर्नुहोला

तपाईको प्रतिक्रिया