प्रवेश पौडेल निर्देशित फिल्म ‘अमेरिका बोइज’ शुक्रबार देखी प्रदर्शनमा आएको छ। चलचित्र ‘अमेरिका बोईज ’ले दर्शक बाट राम्रो प्रतिकृया पाएको छ । शुक्रबार र शनिबार हल हरुमा चलचित्रले हाउस फुलका साथ दर्शकको साथ पाएको छ । चलचित्र हेर्ने अधीकांस दर्शक हरुले ‘फिल्म रमाईलो र राम्रो छ’भन्ने बताएका छन ।करिब २ घन्टा १० मिनेट लामो यो फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिन्छ । हिरा र चिठ्ठा परेको टिकट फिल्मको मुख्य कथा हो । फिल्ममा अमेरिकाको डीभी पर्‍यो भनेर घरबाट ३–३ लाख रुपैयाँ मगाएर काठमाण्डौमा मोज गर्ने ३ यूवाको कथालाई बेजोड रुपमा प्रस्तुत गरिएको छ । वास्तवमा फिल्ममा पस्किएका मसलाले दर्शकले फिल्म हेरुन्जेल कही कतै दिक्क र अल्छी मान्ने दृश्य भेटिदैन ।कमेडी जनरामा निर्माण भएको फिल्मले दर्शकलाई हँसाउदा हँसाउदै कुनबेला रुवाउछ पत्तै पाईदैन । फिल्ममा मुख्य गरेर यूवाहरुले भोगेको पीडा र गलत काम गर्दा बेहोर्नु पर्ने समस्यालाई समेट्ने प्रयास गरिएको छ ।

‘अमेरिका बोइज’ प्रवेश पौडेलको पहिलो निर्देशकिय फिल्म हो ।।फिल्म मुख्यतः अभिनेता अर्पण थापा, कलाकार अभय बराल र अशिष प्रसाईंको वरपर घुम्दछ । यी तीन पात्रले दर्शकलाई हँसाउँदै अन्त्यमा रुवाएका छन् ।नायक अर्पण थापाले यो चलचित्रमा उत्कृष्ट काम गरेका छन् ।अभय र आशिष ।पनि आफ्नो भूमिकामा जमेका छन् । कमेडी जनरा भएकाले पनि होला फिल्ममा कमेडी उत्कृष्ट छ ।

यी सँगै अभिनेता हरिहर शर्मा, सुनिल थापा, सन्दिप क्षेत्री, कामेश्वर चौरसिया, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया लगायत कलाकारहरुको अभिनय छ । नव नायिका सृष्टि केसीले पनि आफ्नो भूमिकालाई न्याय गरेकी छन् ।‘अमेरिका बोइज’ प्रकाश भूजेल र ईन्द्र प्रसाद खरेलको संयुक्त लगानीमा निर्माणमा बनेको फिल्म हो । दर्शक प्रतिक्रियाबाट हलमा दर्शक बढ्ने निर्माण पक्षले आशा राखेको छ ।

तपाईको प्रतिक्रिया