काठमाडौँ : नेपाली सिने जगतमा सम्भाबनायुक्त नायिकाको रुपमा उदयमान तथा पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल भएकी मोडल तथा नायिका कशिस दाहालको व्यस्तता पनि बढ्दै गएको छ l विभिन्न चलचित्र म्युजिक भिडियो तथा देश विदेशको कार्यक्रमहरुमा ब्यस्त बन्दै गएकी मोडल तथा नायिका कशिस दाहालको अभिनयको तारिफ अहिले चलचित्र क्षेत्रमा जता त्यतै बढ्दै गएको छ l अभिनय तथा नृत्यमा पोख्त नायिका कशिस दाहाल सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन, चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो l मोडलिङ हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेर आफुलाई सक्षम नायिकाको रुपमा उभ्याउन सफल नायिका कशिस दाहाल आफ्नो अभिनय नृत्य तथा सुन्दर अनुहार र मिलेको शरीरका कारण चर्चामा छिन् । करिब आधा दर्जन चलचित्रमा अभिनय गरेर ख्याति कमाएकी कशिसले दर्जनौ म्युजिक भिडियोहरूमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरेर लाखौ दर्शकहरुको मनमा छाप छोड्न सफल भएकी छिन । उनले अभिनय गरेको पछिल्लो चलचित्र “द प्रिन्स” चाडैनै दर्शक श्रोता माझ आउने क्रममा रहेको नायिका कशिस बताउछिन l

पूर्वको सुन्दर नगरी इटहरीको स्थाई बासिन्दा नायिका कशिस काठमाडौँलाइ कर्मथलो बनाएर अहिले दिनरात मेहनत गरेर अगाडी बढ्दैछिन l नेपाली फिल्मका लागि निकै सम्भावना बोकेकी नायिका कशिस सधै हासेर बोल्ने हसिलो तथा फरासिलो स्वभाबकि छिन l नायिका कशिस दाहाल सरल व्यवहार, दृढ आत्मविश्वास र फराकिला सपनाहरूको आकाशमा छरिएकी झैं लाग्छिन् ।

पढाइमा सधै अब्बल नायिका कशिस मास्टर फर्ष्ट एयरको परिक्षा दिएर मास्टर सेकेण्ड एयरमा अध्यनरत छिन l परिवार, आफन्त, अग्रज तथा साथीभाईहरुको प्रेरणा, हौसला र सहयोगले गर्दा कलाकारिता क्षेत्रमा प्रवेश गरेकी नायिका कशिस आफुलाई अभिनय र कला प्रस्तुत गरेर आफु भित्र भएको क्षमतालाइ प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुने क्रममा छिन l विभिन्न आरोह अबरोह पार गर्दै नेपाली सिने नगरीमा स्थापित हुदै गरेकी सुन्दर नायिका कशिस दाहाल चर्चाको शिखरमा पुग्न आफ्नो मेहनत लगनशीलता, अभिनय क्षमता हुनु पर्नेमा बिश्वास राख्छिन l

तपाईको प्रतिक्रिया