काठमाडौ २२ जेठ । असार ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक्स्ट्रा माया’ टेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको टेलरमा समाजमा भएका विद्यमान समस्या युवायुवतीको प्रेम, विदेश जाने लोग्नेका श्रीमतीको कथा अनि विदेश जाने श्रीमतीको पीडालाई मुख्य विषय बनाइएको छ ।
फेसबुकको फेशन लवले घरबार विग्रिएको र साथीहरुको संगतले घरमा अशान्ति मच्चिएको सार्वजनिक गरेको टेलरमा देख्न सकिन्छ । लव तथा कमेडी जनरामा बनेको शो चलचित्रले अहिलेका युवायुवतीको वास्तविक कथालाई उजागर गर्न खोजेको देखाइएको छ ।
केही दिन अगाडि कलाकारलाई सस्पेनमा राखेर पोष्टर सार्वजनिक गरिएको थियो । मंगलबार पारेर सार्वजनिक गरिएको टेलरमा भने नयाँ नयाँ अनुहारहरुलाई देखाइएको छ । सामाजिक परिवेशलाई सुहाउदो रियालिटी वेशमा चलचित्र निर्माण गरिएको निर्माता तथा सञ्चारकर्मी कमल फुयाँलले बताए । निर्माता फुयाँलका अनुसार अधिकांश चलचित्रहरु पुराना अनुहार अनि काल्पनिक कथामा निर्माण हुने भएका कारण समाजमा हुने वास्तविक घटना भने प्राय चलचित्रमा नआएको र चलचित्रमा समाजमा घटेका वास्तविक घटना जस्ताको तस्तै राखिएको बताए ।
चलचित्र युवा पुस्तालाई टार्गेट गरेर बनाइएका कारण सबैको मनमा बस्न सफल हुने चलचित्रका निर्देशक सोम कुस्कुमाझी बताउछन । चलचित्रमा कथा बलियो भएका कारण सबैले मन पराउनेमा निर्देशक विश्वस्त छन । यस चलचित्रमा पृथक बिषयबस्तुलाई उठान गरेको छ । जसका कारण नेपाली चलचित्र उद्योगमा केही नयाँपन ल्याउन खोजेको निर्देशक सोम कुस्कुमाझीले बताए ।

यस चलचित्रबम अधिकांश दृश्यहरु आर्टिफिसल नभइ रियालिटी बेशमा छायाँकन गरिएको छ । रिच इन्टरटेनमेन्ट प्रा लिको ब्यानरमा निर्माण गरिएको यस चलचित्रका निर्माण कमल फुयाँल र कमल केआरले निर्माण गरेका हुन । चलचित्रलाई सोम कुस्कुमाझीले निर्देशन गरेका छन । चलचित्रमा सुस्मिता बुर्लाकोटी, अर्जुन खडका, सनी सुनवार, सृष्टि भण्डारी, शोभा भण्डारी, कमल केआर, यमन माझी, कमल फुयाँल , सरीता दोङ, सुन्जित माझी, लगायतको अभिनय रहेको छ । चलचित्रमा पटकथा तथा निर्देशन दुवै सोम कुस्कुमाझीले गरेका छन भने कथा कमल केआरको रहेको छ । दिनेश माङमुको कोरियोग्राफी , बासु न्योपानेको छायाँकन तथा समिर मियाँको सम्पादन रहेको यस चलचित्रमा सन्तोष किरात र योङजङ लामाको संगीत रहेको छ ।
हेनुहोस भिडियो

तपाईको प्रतिक्रिया