आर पोखरेल , काठमान्डौँ , जेष्ठ २५
बोहरा ईन्टरटेन्मेन्ट एण्ड फिल्मसको प्रस्तुतिमा गुल्मी ज्वाई रितौदिमा जन्मनुभएका सुर्य परियारको मार्मिक लोकदोहोरी ” बन्छु जिउदो लास ” को भिडियो बजारमा आएको छ । गायक सुर्य परियार र गायिका लक्ष्मी परियारको आवाजमा रहेको गीतमा बास्तविक पिडाको अनुभुतिलाई भावनात्मक रुपमा समेटिएको छ ।
गीतको भिडियोमा जिवनमा भोगिने पिडा र वेदनाको स्वर रहेको छ । आफनी मायालुले छोडेर अर्कैको मायामा गएपनि अझैपनि आफनी प्राण प्यारी मायालुलाई पाउने आशामा गायक रहेका छन । कमल परियारको शब्द तथा मनोज रसाइलीको मौलिक लय सिर्जना गीतमा रहेको छ । टेकु खत्रीले छायाँकन गरेको भिडियोलाई ले सुर्य कुमार बोहराले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई सुर्य कुमार बोहराले निर्देशन गरेका हुन । भिडियोमा सुर्य परियार , सानु गैरे र तुलप्रसिद्ध मगरको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया