राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीत संगै आधुनिक गीत संगीतको पनि सिर्जना गरेर ख्याती कमाएका सर्जक अनिल खनालको शब्द संगीतमा एक गीतलाई भर्खरै बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्बजनिक गरेको छ । “घुटुघुटु थुक निल्ने भएँ म” नाममा बजारमा आएको यस गीतमा आधुनिक गीत संगीत बाट आफ्नो छुट्टै पहिचान स्थापित गरेकी गायिका टिका प्रसाईं र शितलराज पाण्डेको रहेको छ ।

एक युवतीको सुन्दरताको प्रसंसा गरिएको यस गीतको म्युजिक भिडियोमा युबिन ढुंगाना, रजीना महर्जन र साथीहरुको रहेको छ । निकै रोमान्चक सैलिमा तयार भएको भिडियोलाई निर्देशन अनिल राईले गरेका हुन् भने छायांकन मधुर बस्नेत र सुजन दाहाल र त्यसैगरी सम्पादन बिनोद बमले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया