राजु बोहरा–काठमाडौँ । स्थाई घर दोलखा भएका गायक अशिम कुमार कटुवाल बिगत निकै लामो समय यता नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेका छन् । उनले अहिले सम्म धेरै गीत संगीतमा आफ्नो कर्णप्रिय स्वर भरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । उनै अशिम पछिल्लो समयमा अभिनय तर्फ पनि देखिन थालेका छन् । अशिमको अभिनयमा सजिएको एक गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ ।

उनले आफ्नै प्रस्तुतिमा रहेको “दोबाटो” बोलको गीतमा अभिनय गरेका हुन् । अशिम कुमार कटुवाल र सिता घिमिरेको सुमधुर स्वर लहरिले सजिएको यस गीतको म्युजिक भिडियोमा अशिमलाई अभिनयमा आशा खड्का र रेल कुमार तामांगले पनि साथ् दिएका छन् । देवेन्द्र लामिछानेको लय र अशिम कुमार कटुवालको शब्द सृजनाले सजिएको यो वियोगान्त गीतको म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गरेका हुन् । भने छायांकन सागर गौतम र सम्पादन प्रकाश एस.के ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया