राजु बोहरा–काठमाडौँ । छिजित पारी उनको बस्तीमा, यो मार्मिक संदेश उनले पाए हुन्थ्यो , लगाएतका दर्जनौं गीतहरु बाट अशंख्य श्रोता एवं दर्शकहरुको मनको सांगीतिक ढुकढुकी बन्न सफल किरण बाबु पुनको प्रस्तुति “बाचा भाग २ “जुनताराको गाउँमा” सम्म आइपुगेका छन् । उनको यो बिल्कुलै नयाँ गीतलाई भर्खरै मात्र कृष्ण फिल्म्स प्रालिले सार्बजनिक गरेको छ ।

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा परिवर्तन आउनु पर्दछ तर नेपाली मौलिक गीत संगीतको दयारा बाट अलग हुन नहुने बिचार राख्ने किरणले आफ्नो प्रस्तुति होस् वा अन्य कलाकारहरुको प्रस्तुति, सबै गीत संगीतमा उत्तिकै मेहनत गर्ने गर्दछन् । यसैको परिणाम पनि होला उनकै सृजनामा बजारमा आएका धेरै कलाकारहरुको प्रस्तुति सफल भएर, उक्त गीत संग सम्बन्धित कलाकाहरुको सांगीतिक यात्रा निकै उचाइमा पुगेको हामि पाउँदछौं ।

किरण भन्छन् , धेरै नव कलाकारहरुलाई स्थापित गराउने क्रममा नै मेरो सांगीतिक यात्रा अगाडी बढेका हुन्छन् । त्यसैले आफु भित्र रहेको सांगीतिक नशाको कुलतलाई त्याग्न नसकी आफ्नै प्रस्तुतिमा पनि कुनै बेला सांगीतिक कोसेली बजारमा ल्याउन मन लाग्छ र सोही क्रममा मैले यो “बाचा भाग २ “जुनताराको गाउँमा” बजारमा ल्याएको छु । पहिलेका गीतहरु जस्तै यसलाई पनि अशंख्य श्रोता एवं दर्शकहरुले मन पराइदिनु हुनेछ भन्नेमा उनि बिस्वस्थ रहेका छन् ।

प्रेममा त्याग समर्पण दुवैलाई सहज रुपमा लिन सक्नु पर्छ भने जस्तै, संयोगान्त प्रेमकथा भित्र आधारित यस गीतमा संजिवनी र किरण बाबु पुनको सुमधुर स्वर सुन्न सकिन्छ । सपना थापा र प्रेम थापा द्वारा अभिनित यस गीतको म्युजिक भिडियोलाई निर्देशन बाबुराजा के.सी उज्वल ले गरेका हुन् भने छायांकन शम्भु चालिसे र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया