राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको गायन विधा र बिभिन्न गीत संगीत म्युजिक भिडियोमा मोड्लिंग गरेर अशंख्य श्रोता एवं दर्शकहरुको मन मुटुमा बास बस्न सफल सिर्जु अधिकारी, झुम्के बुलाकीको माग राख्दै बजारमा आएकी छिन् । उनले यो माग गायक अमृत खाती संग राखेकी हुन् । तर यो माग सिर्जुले एक गीतको रोमान्चाक कथावस्तुको माध्यम बाट मागेकी हुन् । गायनको विधाबाट अमृत खाती संग उनले झुम्के बुलाकीको माग भएता पनि म्युजिक भिडियोको मध्यम बाट बिष्णु गौतम संग सिर्जुले झुम्के बुलाकिको माग राखेकी छिन् ।

सिर्जु अधिकारी र अमृत खातीको संयुक्त प्रस्तुतिमा बजारमा आएको “ओके छ त भाग २ झुम्के बुलाकी” बोलको यस गीतमा सिर्जु अधिकारी र अमृत खाती सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतलाई शब्द विशन गौतम र संगीत गायिका एवं मोडल सिर्जु स्वयम् ले भरेकी छिन । सिर्जु, आफु कलाकार भएर सबै माझ परिचित भएपछी आफु भित्र लुकेका सबै कला निर्धक्कताको साथमा प्रस्तुत गर्न सक्नु पर्छ भन्ने मान्यता राख्छिन् । सोहि क्रममा सिर्जुले बेला बखत आफ्नै संगीतमा पनि गीतहरु बजारमा ल्याउने गरेकी छिन् । तसर्थ उनि संगीतकार पनि हुन् । यस गीतको म्युजिक भिडियोलाई निर्देशन प्रकाश धितालले गरेका हुन् भने छायांकन उत्सब दाहाल र कोरियोग्राफी सुरेन्द्र बस्यालले गरेका छन्

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया