राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै निकै उत्कृष्ट उत्पादनहरु बजारमा आइरहेका छन् । यसै क्रममा सरन फिल्म्स प्रालिले हिमाल घिमिरेको प्रस्तुति “बैंशले रुझेको” बोलको गीतलाई पनि भर्खरै बजारमा ल्याएको छ । जब एउटा युवा सोह्र सत्र को उमेरमा पुग्छ, त्यसै पछी अन्यायासै बैंशको उन्मादले छुने गर्दछ । यसै प्रसंगलाई केन्द्रित गरेर तयार पारिएको यस गीतमा पूर्णकला बि.सी र हिमाल घिमिरेको सुमधुर स्वर सुन्न सकिन्छ ।

कुनै युवतीलाई एक युवाले पहिलो पटक देख्न पुग्छ र उसले कड्के नजर लागाउँदा पनि उक्त युवतीले कुरा नबुझे पछीका भावलाई लय तथा शब्दको बान्कीमा हिमाल घिमिरेले यस गीतलाई पूर्ण रुप दिएका छन् । निकै रोमान्चक सैलिमा यस गीतको म्युजिक भिडियो पनि तयार पारिसकिएको छ । भिडियोमा करिश्मा ढकाल , रिना थापा मगर , हिमाल घिमिरे र अबिसेक ए आर को अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन शिब बि.क ले गरेका हुन् भने छायांकन शम्भु चालिसे र सम्पादन रबिन बि.क ले गरेका छन् ।

तपाईको प्रतिक्रिया