काठमाडौं १३, असार । यासेली योङहाङ र सुमधुर स्वरकी धनि सिता सिंगकको आवाजमा रहेको ‘ईनु तुखे’ बोलको गीतको म्यूजिक भिडियो सार्वनजिक भएको छ । गितकार तथा कलाकार गिता पालुङवाको शब्द अनि गायक योङहाङद्धारा नै संगीत बद्ध भिडियो युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । लिम्बु भाषाको संरक्षण सम्बद्र्धन र प्रबद्र्धन गर्दै पुस्ता हस्तान्तरण गर्नुपर्ने कथावस्तु समेटिएको भिडियोमा कलाकार यासेली योङहाङ र गिता पालुङवालाई मुख्य पात्रको रुपमा देखाईएको छ ।

पाँच हजार बर्ष पुरानो किरात इतिहास जति बेला थेबा साम, युमा सामहरु यसरी मटेङग्रा र गुलेली बोकेर तरुल भ्याकुर खोजी खादै आफ्ना दुश्मनहरुसँग कसरी लड्ने कुरा सिकाउने गर्थे रे । सबै किरातीहरुलाई एकै छत्रछाँयामा बाच्न, बस्न सिकाइरहेको बेला आज यो कलियुगमा तिनै युमा सामलाई नयाँ धर्मको रुप धारण गराई युमा धर्म बनाउनेहरुले धर्ममा युद्द निम्ताउन सक्ने सम्भावना प्रति सबैले सावधानी अपनाउनु जरुरी देखिन्छ ।

भिडियोका निर्देशक लोकेन साँवाले छोटो दृष्यको माध्यमबाट प्राचीन किराँत याक्थुङ लिम्बुहरु ढुङ्गेयुग देखि कृषियुग हुँदै अहिलेकोे एक्काइसौं शताब्दीको आधुनिक युगमा पनि भाषा अनि सभ्यताको महत्वतालाई नजिकैबाट चिनाउने प्रयास गरेका छन् । युग बदलिए जस्तै लिम्बुहरुको संस्कृति संस्कार पनि आधुनिक युगसँगै परिमार्जन गर्दै, विकास गर्दै लानुपर्ने सान्दर्भिकतालाई निर्देशक लोकेन साँवाले कलाकारहरुको भुमिकासंग जोडेका छन् ।

याक्थुङ हाक्पारे पालाम सयङको व्यावस्थापनमा निर्मित लिम्बु संस्कृति र सभ्यतासंग जोडिएको उक्त भिडियो निर्माणमा सिक्वेन्स फेसन हाउस र द हाईल्याण्ड आर्टले ड्रेसको सौजन्य गरेका छन् । लिम्बुहरुको प्राचिन देखि हालसम्मको यथार्थतालाई चित्रण गर्न खोजिएको यस म्यूजिक भिडियो निकै उत्कृष्ट रहनुका साथै विस्तारै जन रुचिको विषय वन्दै गैरहेको छ ।

तपाईको प्रतिक्रिया