काठमाडौ । मोडल तथा गायिका श्रृजना रोका तिज गीत बजारमा ल्याउने तरखरमा छिन् । महिलाहरुको महान चार्ड तिज आउने लाग्दा उनले महिला दिदी बेनीहरुका लागी उक्त कोसेली लिएर दर्शक तथा स्रोता माझ ल्याउन लागेकी हुन ।

उनले यो भन्दा अगाडी ‘यस्तो कुनै पल छैन ’बोलको गीत गाएर बजारमा ल्याएकी थिइन । जुन गीत नेपाली दर्शक तथा स्रोताको मनमा बस्न सफल भएको गीत हो । यो गीतलाई अहिलेका चर्चित भस्र्टस्टायल संगीतकार सनम पुरुषले गरेका छन् ।

आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी श्रृजना आफै गीत गाउन लागेकी छन् । मिठो स्वरकी धनी श्रृजना आफै यस गीतको म्युजिक भिडियोमा अभिनय गर्दैछिन् । यो गीतले आफुलाइृ गायिकाको रुपमा चिनाउने कुरामा विश्वस्त रहेको बताउछिन् ।  यो गीतको शब्द रचना बिन्दु स्मृतीले गरेकी छन् । केबी भण्डारी यस गीतको एरेन्जर हुन । यो गीतको छायाँङ्कन चाडै गरिने संगीतकार सनम पुरुषले बताएका छन् ।

तपाईको प्रतिक्रिया