गायक संगम लिम्बुले फरक शैलीको गीत लिएर आएका छन् । उनले ‘तिमी करोडमा सानु म चाहिँ रोडमा…’ गीत लिएर स्रोता/दर्शकमाझ आएका हुन् ।

थुप्रै गीतमा सङ्गीत तथा स्वर दिएका संगमले यो गीत फरक शैलीको बनाउने प्रयास गरेको बताएका छन् । गीतमा सङ्गीत विना पनि शब्दमा गाएका छन् उनले । ‘मैले एउटा फरक प्रयोग गर्न खोजेको हुँ’, दर्शक/स्रोताले पक्कै मनपराउनु हुने छ भन्ने आशावादी रहेको छु’, उनले भने ।

संगमकै शब्द, सङ्गीत र स्वरमा रहेको यो गीत उनको आफ्नै सुगम शैली र लोक प्याट्रन भन्दा फरक रहेको छ ।

महेश महराको छायाँकन, विरेन्द्र भाट ‘विपिन’ र संगमको निर्देशनमा तयार भएको भिडियोमा संगमआफैँ, शान्ति लिम्बु, दीपा र मनले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया