काठमाडौं स्गायक दुर्गा साँवाको स्वरमा नयाँ गीत रिलिज भएको छ।ुस्टारलाईटइन्टरटेन्टमेन्टु नामक युट्युब च्यानलबाट ुबिझाउँदिनु बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ भने मुकेश राईको शब्द सुन्न सकिन्छ।
भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशनमा बनेको भिडियोमा निराजन प्रधान र सिम्रान श्रेष्ठको अभिनय रहेको छ। भिडियोमा एक विधवा महिलासँग हुने एक युवाको प्रेमलाई देखाइएको छ।
तराईको सुन्दर लोकेशनमा छायाँकन गरिएको भिडियोलाई निर्देशक भुपेन्द्रले नै खिचेका छन्। भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ।

हेर्नुहोस् गीत

तपाईको प्रतिक्रिया