राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो तँ मन सुम्पिएका कृष्ण राई बिन्दासको शब्द सिर्जनामा पछिल्लो समय फेरी अर्को मर्मस्पर्सी लोक दोहोरी भर्खरै बजारमा आएको छ । आफुले माया गरेको मान्छे आफु बाट टाढा भए पछी, मेरो तिमि बिना कोहि छैन , यदि तिमीलाई मेरो अंगालो बाट अलग बनाएर तिम्रो आफ्नाले तिमीलाई अर्कैको अंगालोमा बेरिदिने चेष्टा गर्छन् भने म त मर्छु होला, भन्ने जस्तो परिकल्पनामा तयार पारिएको यस गीतलाई सन्जु गैरेको प्रस्तुतिमा “छोड्छु संसार” नाममा बजारमा पठाईएको हो ।

सन्जु गैरे र खिमा रोका मगरको सुमधुर स्वर लहरीमा बाँधिएको यस गीतलाई लय भने खेम भण्डारीले तयार पारेका छन् । घत लाग्दो भाव लहरीमा तयार पारिएको यस गीतको म्युजिक भिडियो पबी सार्बजनिक गरिसकिएको छ । भिडियोमा सारिका के.सी , बिनोद ढकाल र तेजेन्द्र गौतमको मन छुने अभिनय रहेको छ । भिडियोलाई निर्देशन मिलन कार्कीले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पदान निर्देशन स्वयम् मिलन कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया