रोशन पोखरेल, काठमान्डौ, असार १७
युवा पुस्तामा निकै रुचाइएका गायक उत्तम विक्रम विष्टको लाखौँ नेपाली युवा युवतिको भोगाईमा आधारित बाध्यतालाई समेटिएको गीतको “झोला भरी” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार उवि उवि को शब्द रचना मा रहेको गीतमा उत्तम विक्रम विष्टको सुमधुर संगीत रहेको छ भने गीतमा कृष्ण पुनको संगीत संयोजन छ ।

बविता श्रेष्ठद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल सोभा भण्डारी , अमन श्रेष्ठ र साथीहरुको उत्कृष्ट अभिनय रहेको छ । भिडियोलाई मुकेश हुमागाईँले छायाँकन गरेका हुन भने अविनास डिसीले सम्पादन गरेका हुन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया