परम पिता फिल्मस् प्रा.लि.को ब्यानरमा पहिलो प्रस्तुति रहेको तामाङ कथानक चलचित्र ” सिसि याङ्बा जुनि ” को यहि असार २३ गते शनिबारका दिन दिउँसो ४ बजे बौद्ध पृथ्वी हल टुसालमा च्यारिटी शो हुने भएको छ ।

“सिसि याङ्बा जुनि” भन्नाले हाम्रो तामाङ समाजकै शब्द भएकोले यस शब्दले जुन अर्थ लगाउछ करिव त्यही अर्थको सेरोफेरोमा नै निर्माण भएको उक्त चलचित्र काभ्रे , भक्तपुर , मकवानपुर र काठमाडौ वरपर छायांकन गरिएको निर्माण पक्षले बताएका छन् ।

यमर सिं ब्लोनको निर्देशन रहेको उक्त चलचित्रमा निर्माता फुलमाया स्याङ्बो हुन् भने श्याम रुम्बा , रोशनि ब्लोन , यमर सिं ब्लोन , फुलमाया स्याङ्बो , पुनम तितुङ , शंख ब थिङ , माईली घिसिङ , राजु नेगि तथा अन्य कलाकारहरुको अभिनय रहेको निर्माण पक्षले बताएका छन् ।

तपाईको प्रतिक्रिया