रोशन पोखरेल , काठमाडौं, असार २१ । मालती म्युजिक प्रालीको प्रस्तुतीमा कल्पना गुरुङ, रामु रावत र विर बहादुर केसीको तीज गीत रमाइलो कोशेली ‘भाँचम कम्मर भाँचम ’ बजारमा आएको छ । नेपालमा तीज गीतको नाममा संस्कृतिनै बिसर्ने खालका गीतहरु बजारमा आएका बेला डान्सिङ पारामा रहेको गीतलाई आम दर्शक तथा स्रोताले मनगराउने गायिका कल्पना गुरुङले बताइन । माइत जान नपाएका महिलाहरुलाई मनोरञ्जन दिनको लागी र कला सस्कृतिको जर्गेना गर्नको लागी गीतको भिडियो प्रभावकारी भएको छ । रामु रावत र विरबहादुर केसीको शब्द सिर्जनामा रामु रावतले लय सिर्जना गरेका छन । सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । गीतको भिडियोमा चर्चित मोडल आरुषि मगर र सुमन परियारको अभिनय रहेको छ । गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया