काठमाडौ २१ ,आषाढ । रेक्स फेसन होमले प्रत्येक गर्ने गरेको ब्युटी कन्टेस्ट तथा म्यानहन्टका कार्यक्रममा नैनान खड्गी विनर भएकी छन् । मिस एस ई ई २०१८ मा १२ जना प्रतिष्पर्धि थिए भने विनरमा नैना खड्गी, फस्ट रनर अफ मन्दिरा खड्का तथा सेकेन्ड रनर अफमा प्रिती भक्त भएका थिए । मिस्टर नेश्नलको उपाधि रविन तन्दुकारले हात पारेका थिए भने ,फस्ट रनर अफ सुबोध श्रेष्ठ र सेकेन्ड रनर अफमा प्रतिक महर्जन भए । यसपाली दोस्रो संस्करण मिस एस ई ई आइकन २०१८ तथा पहिलो संस्करण मिस्टर नेश्नलको अन्तिम प्रतियोगिता  पुलिस क्लवमा सफलताका साथ सम्पन्न भएको छ ।

निर्णायकमा न्यु जेनिथ मोडल इङिलसका प्रिन्सिपल राजु महर्जन, गायक भिम तुलाधर ,गायक निर्णय श्रेष्ठ, गायक राजन इशान, गायक रुपेश डंगोल, पत्रकार मनोज रत्न शाही , मिस नेपाल २०१७ समृद्धि राज भण्डारी ,मोडल सन्जु तामाङ,नेपाः डान्स नेपाल एकेडेमीको चिफ रिना महर्जन ,तथा सुपर मोडल श्रृजना महत रहेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा टेक्सेस कलेज तथा टेक्सेस स्कुलका प्रिन्सिपल श्याम शुन्दर श्रेष्ठ,बिषेश अतिथिमा कलेज अफ सेन्ट्रल स्टेटका रमेश घिमिरे,क्यामेलीया कलेजका प्रिन्सिपल रुद्र अधिकारी लगायत रहेका थिए ।

बिजेताहरुले हर्स राइदिङ, स्विमिङ, जिम,जुम्बा र एयर होस्टेज ट्रेडिङको फ्रि प्राप्त गर्ने आयोजकले जनाएको छ ।
रेक्स फेसन होमले यहि महिनामा मिस फेसन फ्युजन आइकन २०१८ को दोस्रो संस्करण गर्ने भएको छ । रेक्स फेसन होमका सियो रेक्स रन्जितले बताए ।

रेक्स फेसन होमका प्रवन्र्धक निर्देशक खगेस रन्जितकारका अनुसार कार्यक्रममा भाग लिनेले टेक्सेस कलेज , कलेज अफ सेन्ट्रल स्टेट तथा क्यामेलिया कलेजमा ५० प्रतिशत छात्रवृद्धि प्राप्त गर्ने छन् भने पहिलो ,दोस्रोे तथा तेस्रो हुने दुवै बिधाका प्रतिष्पर्धिहरुले १०० प्रतिशत छात्रवृद्धि प्राप्त गर्ने छन् ।

 

तपाईको प्रतिक्रिया