रोशन पोखरेल, काठमान्डाँै , असार २२
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा उदीतसो बुढा मगर र सुस्मा थापाको लोकदोहोरी गीत “जे भने नी मान्छु ”को भिडियो बजारमा सार्वजनिक भएको छ । युट्युवबाट सार्वजनिक गरिएको गीतमा गायक उदीतसो बुढा मगर र गायिका भिमा कुमारी अनुुरागीको सो गीतमा आवाज रहेको छ । विवाह बन्धनमा बाधिएकी आफनी श्रीमतीको सम्पुर्ण चाहना पुरा गर्नको लागी गायक बुढा तयार रहेका छन । दिनप्रतिदिन तीजका गीतहरू सार्वजनिक भइरहेको अवस्थामा “जे भने नी मान्छु ”गीत दर्शकको पहिलो रोजाई बन्नेमा निमार्ण टिमले विश्वास लिएको छ । गीतमा भोजराज गैरेको शब्द तथा सर्वोकृष्ट लय सिर्जना रहेको छ ।
मुकेश हुमागाईले छायाँकन गरेको भिडियो लाई अविनास डिसीले सम्पादन गरेका हुन । मौलिक भाकामा आधारित गीतमा एलिना रायमाझी र प्रकाश सपुतको सर्वोकृष्ट अभिनय रहेको छ । भिडियोलाई निश्चल केसीले निर्देशन गरेका हुन ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया